हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 1089  पटक पढिएको

(यो कुरा धेरैसित मेल खान सक्छ तर, यहाँ लेखिएको कुरा एक आत्मिय मित्रको हो जसलाई मैले सोधेरै नाम उल्लेख नगर्ने सर्तमा लेख्छु है भनेर पूर्व स्वीकृत लिएको हुँ । ‘नामै राखेर लेख्दा पनि हुन्छ’ मित्रले यसो भने पनि मैले गोप्य नै राख्ने निर्णय गरें । यदि यो विषय अन्य कसैसित मेल खाएमा संयोग मात्र हुनेछ)

समाजमा विलासिताका सामान खरिद गर्ने होड नै चलेकोछ । फलानोले गाडी चढ्यो भने मैले किन नचढ्ने भन्ने मानसिकताले घर गरिरहेको छ । कुनै पनि सवारी साधन आवश्यकता हो कि बाध्यता ? मुख्य चुरो कुरा यही हो । तपार्यंलाई अनिवार्य छ भने किन्नुपर्छ तर, शौख पूरा गर्ने नाममा मोटो रकम ‘पेण्डिङ’ गर्नु ठिक होइन भन्ने लाग्छ ।
एक मित्र जो केही काम गर्दैनन् । भएको काम पनि घरमै गर्दा हुन्छ । एक साथीले गाडी किने । यो देखेर उनलाई पनि किन्न मन लाग्यो । साथीले नकिनेको भए उनले किन्ने थिएनन् । उनले यो रकम उत्पादन क्षेत्रमा पनि लगानी गर्न सक्थे होलान् । तर, गरेनन् । उनलाई गाडी नै किन्नु प¥यो ।

३० लाखभन्दा बढी रकम खर्चेर उनले गाडी किने । गाडी चलाउन आउँदैन । ड्राइभर राखे २० हजार दिएर । उनका लागि गाडी त सेतो हात्ती नै भएको छ । ड्राइभरले महिना पुग्न पाएको छैन पेश्की मागेर हैरान गर्छ । आज चामल छैन, दाल भएन, बूढी माइत जान्छु भन्छे, छोराछोरीलाई कपडा किन्नु प¥यो भनेर महिना नपुग्दै तलव लगिसक्छ ।
गाडी लिएर कहाँ जाने ? जाने ठाउँ पनि छैन । एकसरो त गाडी लिएर सुनसरी, मोरङ, झापा, धनकुटा, इलामसम्म पुगे पनि । त्यसपछि दोहो¥याएर त्यही ठाउँमा के जानु ? गाडी पानीले चल्ने कुरा भएन । इन्धन हाल्नै परो । एकपटकमा ५ हजार रुपैयाँ इन्धन खर्च लाग्छ ।

विराटनगरका सडक चिल्ला छन् । यसो सयर गर्न निस्कन्छन् । तर, साँच्चै नै उनका लागि गाडीको कुनै काम नै थिएन ।
एकपटक त ड्राइभरलाई कोरोना भएर गाडी २० दिन घरमै थन्कियो । ड्राइभर आएर स्टार्ट गर्दा जाम भएछ । स्टार्ट नै भएन । गाडी कम्पनीका प्राविधिकलाई बोलाएर देखाउँदा गाडी नियमित तरिकाले नचलाउँदा इन्जिन जाम भएको जानकारी दिए ।

साथीलाई लहैलहैमा गाडी किनेकोमा पछुतो पनि लाग्छ । तर, नजिकको साथी सररर गाडीमा हिडेको देख्दा उनलाई औडाहा हुन्छ । बिक्री गर्न मन लागे पनि रोकिन्छन् । तर, उनलाई मनमनै लाग्छ–गाडी मेरो बाध्यता होइन, रहर र इष्र्या हो । अरुले गाडी चढ्न सक्छन् भने म किन नसक्ने ?

पहिले जमिन्दारहरू हात्ती पाल्थे । हात्ती पाल्नु भनेको सानो लगानी थिएन उसबेला । अहिले गाडी राख्नु भनेको हात्ती पाल्नु जस्तै हो । यसमा लाग्ने खर्चले हात्ती पालेको पुष्टि गर्छ । बीमा गर्नुप¥यो । यातायातमा कर बुझाउनु प¥यो । इन्धन खर्च । सर्भिसिङ चार्ज । विभिन्न पाटपुर्जा विग्रनासाथ बनाउनै प¥यो । एक महिनामा एकपटक हावा हाल्नुप¥यो । चक्कामा हावा हाल्न मात्र ४० रुपैयाँ मासिक खर्च हुन्छ ।

सानो तिनो कुरामा बीमा दावी गर्ने कुरा पनि भएन । फेरि गाडीमा बस्नेहरू माया गरेर बस्दैनन् । आफ्नो भए पो माया हुन्छ । हिलोमा कुल्चिएर सफा गाडीमा बस्छन् । नबस भन्नुभएन । कतिपय साथीहरू त रजनीगन्धा, तुलसी खाएर गाडीमै पिच्कारी मार्छन् । सफा गर्न समय लाग्छ । थुकेको कसोरी आफैले सफा गर्नु ? गाडी किन्नु किमार्थ रहर होइन रहेछ भन्ने निश्कर्षमा पुगेका साथीको बाध्यता भनेकै ‘अब किनिहालियो किन बिक्री गर्ने वा फर्काउने ?’ बनेको छ ।
पैसा छ भन्दैमा, कोही मन्त्री भयो, सांसद बन्यो भन्दैमा आफु पनि बन्नका लागि आफैलाई समाप्त गर्ने काम कसैले गर्नु हुन्न ।
एकपटक पुनः भन्न मन लाग्यो–कुनै पनि सवारी साधन भनेको रहर होइन, कसैको मेख मार्न पनि होइन । यो त बाध्यता हो । आवश्यकता हो । यदि तपाईंलाई आवश्यक छ भने किन्नुहोस् तर, देखाउन, सजाउन मात्र गाडी नकिन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!