शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार कबिर ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।
जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमसँगै शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि गिराट आएको छ ।
साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ ।
१८ दशमलव ५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९ सय २९ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले घटेको छ ।