शुक्रबार, फाल्गुण ०२, २०७६ || 1442  पटक पढिएको

पछिल्लो समय जन्मदिनको अवसरमा मंहगा हाेटलहरुमा साथीहरूहरुकाे जमघट गर्दै ठुला – ठुला भाेजहरुकाे अायाेजना हुदै अाएकाे छ । साथीहरू भेला गर्दै मंहगा मदिराको तालमा चर्को संगित अाजकालकाे जन्मदिनको पर्याय बन्दै अाएकाे छ । तर, याे र यस्ता जन्मदिन मनाउने संस्कृती भन्दा फरक शैलीमा बिराटनगर – ८ मधुमाराकी सारदा भण्डारीले आफ्नो जन्मदिन मनाएकि छन् ।
भण्डारीले जन्मदिनको अवसर पारेर बिराटनगर -८ मा रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचार गरिदिन अक्षयकोष खडा गरिदिएकि छिन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा अाश्रममा रहेका बृद्ध बृद्दाहरुकाे नियमित उपचारमा सहयाेग पुर्‍याउने उद्धेश्यका साथ ५० हजार १ सय ५ रूपैयाँको अक्षयकोष खडा गरिदिएकी हुन् ।

परिवारबाट टाढा बृद्धअाश्रममा बस्न बाध्य बनेका वृद्धाहरू विरामी भएको बेला उपचार र औषधीकालागि अरुकाे भर पर्नु नपराेस भन्ने उद्धेश्यले अक्षयकोषको स्थापना गरिएको भण्डारीले बताइन् ।
जन्मदिनमा मानिसहरूले तामजामको साथ मनाउने प्रचलनलाई हटाउँदै सारदाले जन्मदिनमा गरिने फजुल खर्चकाे कटौती पछिल्लो २ बर्षदेखि गरेकि थिईन ।
२ बर्षदेखि बचत गरेको रकम उनले
आश्रममा एक कार्यक्रम अायाेजना गरि अध्यक्ष जगतप्रसाद अर्याललाई पति रन्जन कार्कीका साथ संयुक्त रूपमा हस्तान्तरण गरेका थिईन ।
वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षयकोषको रकम बर्सेनि थप वृद्धि गर्दै लैजाने सारदाका श्रीमान रन्जनले बताए । स्वर्गिय भएका सासु तुलसा देवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षयकोष स्थापना गरिएको शारदाकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!