शुक्रबार, फाल्गुण ०२, २०७६ || 2601  पटक पढिएको

उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले उर्लाबारी बजार शनिवार बन्द हुँदा साप्ताहिक रुपमा ४० लाख भन्दा बढी रुपैयाँ छिमेकी बजारमा गएको बताउनु भएको छ ।
उर्लाबारी–५ मा खुलेको सुविधा सम्पन्न होटल आकृति एण्ड रेस्टुरेन्टको बुधबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । निजामति कर्मचारी, शिक्षक,विद्यार्थीले हप्तामा एकदिन शनिवार बिदा पाउँछन् । त्यो दिन पनि बजार बन्द हुँदा उर्लाबारीको पैसा बाहिरिएको भन्दै शनिबार हुने बजार बन्दले उर्लाबारीलाई घाटा भएको उल्लेख गर्नुभयो । ठूला उद्योगधन्दा भएको ठाउँमा श्रमिकले सातामा एकदिन बिदा पाउन भनेर साप्ताहिक रुपमा बजार बन्द गराएको उहाँको भनाई थियो । उहाँले उर्लाबारी सहरीकरण हुँदै गएको बताउँदै उर्लाबारीमा आउने पाहुनाले रोजेका खाना दिन सक्ने होटलको आवश्यकता होटल आकृतिले पुरा गर्नुपर्ने बताउँनु भयो ।मेयर फागोले ब्यावसायिक सुरक्षाको आवश्यकतामा जोड दिँदै साना ब्यवसायीलाई कर थोपरेर मात्र स्थानीय निकाय धनी नहुने बताउनु भयो । ब्यवसायिलाई बैधानिक ढङ्गले ब्यापार गर्ने वातावरण तयार गर्न स्थानीय सरकार तयार रहेको उहाँको भनाई थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रीतम खड्गीले उर्लाबारीमा आउने पाहुनालाई उर्लाबारी मै राख्न सकिने खाल्का होटलहरू खुल्नु खुसीको कुरा हो भन्नुभयो । दमक ७ का लक्ष्मी दाहाल सहित उर्लाबारीका केहि युवा व्यावसायीहरुले होटल सञ्चालनमा ल्याउनु भएको हो । भ्रमण वर्ष २०२० को शुभारम्भसँगै सञ्चालनमा आएको होटल आकृतिले एकै पटक एक सय जना पाहुनालाई सेवा दिन सक्ने होटलका सञ्चालक दाहालले बताउनु भयो ।

दाहालका अनुसार होटलमा थकाली खाना, स्थानीय जातका कुखुराको मासु,सिंङ्गै कुखुरा पोलेर खाने व्यवस्था मिलाईएको छ । होटलमा आएका अतिथिले सिंधै किचनको सफाइ व्यवस्थापन समेत अवलोकन गर्न सक्ने सञ्चालकहरुको भनाइ छ । रेस्टुरेन्टको बीचमा किचन राखिएको छ ।उर्लाबारी आउने पाहुनाले नयाँ के खान पाउँछन् भन्ने जिज्ञासामा सञ्चालक दाहालले भन्नुभयो – तन्दुरी रोटी, चिकेन तन्दुरी ,विभिन्न फ्लेवरमा हुक्का ,पोलेको सिंगो लोकल भाले हाम्रा आकर्षण हुन् ।

उर्लाबारीको मालवाँसे पम्प उत्तर रहेको होटल आकृतिमा सुविधा सम्पन्न सभाहल समेत उपलब्ध छ ।होटलमा १० जनाले रोजगार पाउने सञ्चालक दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!