हिपमत डटकम

मंगलबार, भाद्र २२, २०७८ || 662  पटक पढिएको

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.२८ र खरिद मूल्य ११६.६८ रुपैयाँ तोकेको छ । आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले अमेरिकी मुद्राको विनिमय यस्तो कायम रहेको बताएको हो ।
यससँगै, आज एक युरोको बिक्री १३९.१६ रुपैयाँमा र खरिद १३८.४५ रुपैयाँमा भइरहेको तथा पाउण्ड स्टर्लिङको बिक्री दर १६२.२९ र खरिद दर १६१.४६ रुपैयाँ कायम भएको बैंकले जानकारी दिएको छ ।

 

यसैगरी, अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद ८६.७५ रुपैयाँ कायम हुँदा एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.३५ र खरिद दर ८६.९० रुपैयाँ तोकिएको छ । यसका साथै, जापानी १० येनको बिक्री १०.६७ र खरिद १०.६२ रुपैयाँ, चाइनिज युवानको बिक्री १८.१६ रुपैयाँमा र खरिद १८.०७ रुपैयाँ छ ।

यसैगरी, खाडी मुलुकतर्फ साउदी रियालको बिक्री ३१.२७ र खरिद ३१.११ तथा कतारी रियालको ३२.२० र खरिद ३२.०४ कायम हुनुका संयुक्त अरब इमिरेट्सका दिरामको बिक्री मूल्य ३१.९३ र खरिद मूल्य ३१.७७ रुपैयाँ तोकिएको छ ।

यस्तै, मलेसियन रिंगेटको बिक्री २८.२७ रुपैयाँमा भइरहँदा खरिद २८.१३ रुपैयाँमा भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!