शुक्रबार, फाल्गुण ०२, २०७६ || 745  पटक पढिएको

चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ ।

अहिले कोभीड–१९ नाम दिइएको यो भाइरस हुबेईको उहानबाट गत डिसेम्बरको अन्त्यमा उत्पत्ति भएको मानिएको छ । यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन् । अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ । हालसम्म चीनभन्दा बाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जना तथा जापानमा एक जनाले ज्यान गुमाएका छन् ।

हुबेइ प्रान्तमा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको छ । सिन्ह्वाका अनुसार जियाङ चाओलियाङको स्थानमा संघाईका पूर्व मेयर यिङ योङलाई हुबेई प्रान्तीय कमिटीका नयाँ सेक्रेटरी चयन गरिएको छ ।

यसअघि अन्य पार्टी अधिकारीहरुलाई पनि पदबाट हटाइएको थियो । हुबेईका स्वास्थ्य आयोगका प्रमुख झाङ जिन र निर्देशक लियु यिङ्झीलाई पदबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!