शुक्रबार, फाल्गुण ०२, २०७६

राजेन्द्रमान २०४६ माघ २९ गते नेपाल प्रहरीमा प्रवेश गरे। पहिलो चरणको नौ महिने तालिमपछि राजेन्द्रमान केही दिनका लागि गृहनगर नेपालगन्ज हान्निए। भारतको लखनउमा विज्ञान विषयमा स्नातक गर्दै गरेकी आराधना पनि त्यतिबेलै बिदामा नेपालगन्ज फर्केकी थिइन्। नजिकै घर भएका उनीहरू एकाअर्कालाई चिन्दैनथे।

घरको जस्तो मनको दूरी नजिक थिएन। दिदीसँगै बजार घुम्न निस्किएकी आराधनासँग एक क्याफेमा साथीभाइसँग रमाइरहेका राजेन्द्रमानको भेट भयो। राजेन्द्रमान र आराधनाकी दिदी विद्यालयमा सँगै पढेका साथी हुन्। २०४७ साल मंसिरको कुरा थियो त्यो। दिदीका साथीहरूसँग भेट्दा आराधना चुपचाप थिइन। सबै अपरिचित रहेकाले उनलाई अप्ठेरो लागिरहेको थियो। हँसिला राजेन्द्रमान भर्खरै इन्स्पेक्टर बनेका फूर्तिलो ठिटा थिए। पहिलो भेटमै राजेन्द्रमानलाई आराधनाका आँखाले पढिरहेका थिए। राजेन्द्रले पनि आराधनालाई मनैदेखि नियालेका थिए। अराधना प्रायः दिदीसँग यताउता हिँड्थिन्। दिदीसँगै हिँड्दा राजेन्द्रमान र आराधनाको भेटघाट बाक्लियो। उनीहरू आपसमा नजिकिँदै गए। बिदा सकिएलगत्तै राजेन्द्रमान ड्युटीमा फर्किए, आराधना पढाइका लागि लखनउतिर लागिन्। भौतिक शरीर टाढा भए पनि उनीहरूको मन जोडिइसकेको थियो।

पढाइ सकिएपछि २०५० सालमा आराधना स्वदेश फर्किइन् र नेपालगन्जस्थित मोर्डन पब्लिक कलेजमा अध्यापन गर्न थालिन्। राजेन्द्रमान पनि बिदा मिलाएर बेलाबेलामा घर पुग्थे। त्यतिबेला उनीहरूबीच भेट हुन्थ्यो। आराधना राणाकी छोरी थिइन्, राजेन्द्रमान नेवार थिए। उनीहरूबीचको सम्बन्धलाई दुवै परिवारले सहज रूपमा लिएनन्। तर पनि राजेन्द्रमानले आराधनाका परिवारलाई मनाएरै छाडे। २०५० फागुन २० गते उनीहरूले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहको रूप दिए। घटना २०७३ साउन १५ गते शनिबार बिहान ब्याडमिन्टन खेल्दै गर्दा एक्कासि ढलेका राजेन्द्रमान श्रेष्ठ अझै उठ्न सकेका छैनन्। राजेन्द्रमानको ड्युटी काठमाडौंमा थियो। विवाहपछि दुवै यतै आए। कोटेश्वरको एक घरमा भाडामा बस्न थाले। काठमाडौं बसाइमा उनीहरूको जीवनमा धेरै परिवर्तन आए। २०५३ सालतिर राजेन्द्रको कमाइले कोटेश्वरमा घडेरी किनियो र चिटिक्क परेको घर पनि ठडियो। एक छोरा र एक छोरी जन्मिए। राजेन्द्रमानको ड्युटी कहिले उपत्यकाभित्र त कहिले बाहिर भइरहन्थ्यो। छोराछोरीको हेरचाह र शिक्षादीक्षाका लागि आराधना गृहिणीकै भूमिकामा रमाइन्। सरुवाको ठेगान नहुने प्रहरी जागिरका क्रममा राजेन्द्रमान धेरै ठाउँ पुगे। राजेन्द्रमान बेलाबेलामा पाइने बिदालाई परिवारसँग घुमघाम, नाचगान, खानपान गरेर सकेसम्म सुखमय बनाउँथे। (नागरिक दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया