सोमबार, भाद्र २१, २०७८ || 629  पटक पढिएको

असारमा सपथ ग्रहण गरेका थिए स्थानिय तहका जनप्रतिनिधिले । ४ बर्ष पूरा भएर ३ महिना धर्किसक्यो । अर्थात् अब जनप्रतिनिधिको कार्यकाल ९ महिना बाँकी छ । यो ९ महिनामध्ये दसैं–तिहार र छठ पर्वले ३ महिना सकाउने छ । भनेपछि ६ महिना बाँकी रह्यो । ६ महिना बाँकी रहेको अवस्थामा निर्वाचन आचारसंहिता लागू हुनेछ । भनेपछि अब कुनै ठोस काम नहुने भयो ।

जनप्रतिनिधिले जे जति काम गरे सकियो अब । अबको बाँकी समयमा कुनै काम हुँदैन । मेयर, भन्यो, उपमेयर भन्यो, वडाध्यक्ष भन्यो कार्यालय गयो अनि आउँदो निर्वाचनका बारेमा समिक्षा ग¥यो ।

पक्कै पनि पछिल्लो ५१ महिनामा केही नभएको होइन तर, आम रूपमा आम सर्वसाधारण सन्तुष्ट नभएको अवस्था हो । जनप्रतिनिधिमध्ये कतिले यसबीचमा आफुलाई शासक नै ठाने । कतिले असल काम पनि गरे । तर, मान्नुहोस् या नमान्न्ुहोस् यो ५१ महिने कार्यकालको ३३ प्रतिशत कोरोना महामारीमै वित्यो । कोरोनाले जनप्रतिनिधिको कार्यकाल चाँडो सकाउन धेरै सहयोग ग¥यो ।

जनप्रतिनिधिले एकपटक छातीमा हात राखेर भन्ने बेला आएको छ–मैले हिजो चुनावको बेलामा के प्रतिवद्धता जनाएको थिए ? जनाइएका आश्वासन मध्ये के–के पूरा गरे ? मैले भनेअनुसार काम किन गर्न सकिनँ ।

कोरोनालाई मात्र दोष त दिन मिल्दैन । १८ महिनाअघि त कोरोना थिएन । वास्तवमा जनप्रतिनिधिका लागि पहिलो २ बर्ष नै काम देखाउने उपयुक्त अवसर हो तर, यो कुरा कमैले मात्र बुझे ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!