एउटा भिजिटिङ कार्डको कम्तिमा १ रुपैयाँ पर्छ । अहिले कांग्रेसका उम्मेदवारहरू भिजिटिङ कार्ड बनाएर मत मागिरहेका छन् ।
एक जना होइन, दुई जना होइन कयौंले यसरी मत मागेको देखिन्छ ।
मोरङमा निर्वाचनको मिति तोकिएको छैन तर, हेर्दा लागिसकेको छ चुनाव खर्चालु भइरहेको छ ।
अहिले भिजिटिङ कार्ड र पछि पोष्टर नै नबन्ला भन्न सकिन्न । क्षेत्रीय प्रतिनिधिमा विजय भए पनि के हुने हो र ! क्षेत्रीय प्रतिनिधि भएर जनप्रतिनिधि जस्तो तलव आउने पनि होइन । उल्टै पैसा खर्च हुन्छ । र, पनि किन मरिहत्ते गरिरहेका छन् मनुवाहरू ?
खर्चालु चुनावलाई नियन्त्रण गर्नु पर्छ । जयनेपाल भनेर मत माग्दा हुन्छ । बेतुक, बेकामको पैसा खर्च गरेर केही उपलब्धी हासिल हुने देखिन्न ।