नासा ईन्भेष्टमेन्ट प्रा.लि.को शेयर बजार सम्बन्धी एक दिने आधारभुत तालिमको भाग-३ सुनसरीको इनरुवामा सम्पन्न भएको छ ।
अर्थ सरोकार डटकमको सहकार्यमा गरिएको सो तालिम इनरुवा स्थित सत्यनरायण मन्दिरको सभाहलमा सम्पन्न भएको हो । १२ भाग सम्म हुने सो तालिमको तेस्रो भागमा उल्लेखनिय प्रशिक्षर्थीहरु सहभागी भएका थिए ।
तालिममा शेयर बजार सम्बन्धी आधारभुत ज्ञान बारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । उनले आजको तालिममा यस नासाले गर्ने राष्ट्र तथा अन्तरराष्ट्रिय कार्यक्रम र यस संस्थाले गर्ने अन्य काम बारेमा प्रकाश पारेको थियो ।
सहभागीहरुलाई अर्थ सरोकार डटकमका प्रधान सम्पादक तथा कार्यक्रमको विशिष्ठ अथिती सुरज प्याकुरेलले प्रशिक्षण दिएका थिए ।
तालिमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शेयर बजारको महत्व स्पष्ट पार्दै जनप्रतिनिधीलाई गाली गर्नु भन्दा युवाहरुलाई राजनितीमा आउन आग्रह गरेको थियो ।
त्यसै गरी कार्यक्रमलाई सम्बोधन गदै अथिती भोक्राहा नंसिह गाउँपालिकाका उप-प्रमुख तथा कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले नासाद्धारा आयोजना गरेको यो तालिम धेरै नै प्रशंसनीय कार्य रहेको बताए । यस नासा ईन्भेष्टमेन्ट प्रा.लि. को शाखा इनरुवामा खाल्नु पर्नेमा जोड दिएको थियो ।
तालिममा राज कुमार मेहता, अरुण कुमार मेहता, उद्धब काफ्ले, राज किशोर मेहता लगायतकाले शुभकामना मन्तव्य समेत राखेको थियो । त्यसैगरी संचालक सदस्य दिनेश महताले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका कानुनी सल्लाहाकार श्यामीका महतोले नासा ईन्भेष्टमेन्ट बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता अर्जुन मेहता, अधिवक्ता उद्वव काफ्ले, उप- प्राध्यापक बाल कुमार खतिवडा , समाजसेवी धर्मविर आर्य, चिनेश्वर मेहता लगायतको उपस्तिथी रहेको थियो।
संस्थाका अध्यक्ष अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न सो तालिम दुई सत्रमा संचालन गरिएको थियो । कार्यक्रममा प्रशिक्षक प्याकुरेल र उपस्थित अथितीहरुलाई मायाको चिन्हो प्रदान गरि सम्मान गरिएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।