बिहिबार, फाल्गुण ०१, २०७६ || 1019  पटक पढिएको

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता यात्रामा मालसामान हराउन सक्छ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । स्वास्थ्यमा खर्च बढ्नेछ । सरकारी निकाएको भयपनि रहनेछ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । कला र गलाको प्रभाव बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यात्रामा मालसामान हराउनपनि सक्छ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता नयाँ कार्यको योजना बन्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । समाजिक कार्यमा मन जाला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला । बुधबार पछिका दिनमा सहजता महसुस होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता शुभकार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । प्रेममा मधुरता छाउनेछ । मंगल कार्यको योगछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता घरमा धार्मिक कृत्यको योगछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

विद्या र बुद्धिको विकास हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । न्यायिक कार्यमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता आस मारेको काम बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!