बिराटनगर,

चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले भर्खरै मात्रै एक फरक मौलिक म्युजिक भिडियो ‘खान्न भाउजु मस्यौरा सिन्की पकाईदेउ’ सार्बजनिक गरेका छन्। संगीतको गहिरो अध्ययन पश्चात संगीतमा लागेका गौतम एक बहुमुखि प्रतिभाका धनि गायक हुन । गजल , भजन, आधुनिक , पप, रोईला, सालैजो, फिल्मी गीत, पन्चेबाजा, तथा लोकगीतलाई उतिकै न्याय दिएर गाउन सक्ने अचम्मको खुबिकै कारण उनी सबैमा उत्तिकै लोकप्रिय छ्न। उनको ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गजल लगायत सिंदुर लाउने होली माया , मार्‍यो नि मायाले , स्याङ्जा गएं पाल्पा गएं, छ म संग सबै छ , चोलियाको तुना, पिउने पनि रहर छ, रामप्यारी फ्लिमको छ्मछ्म्ती पाउजु ,घैलाभरी पानी ,कालो चस्मा जस्ता गीतहरुले चर्चाको शिखरमा पुगेका गजल गायक गौतमले शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका छन।

दुर्गा पौडेलको शब्द अनि थानेश्वर गौतमको आवाज र संगीत अनि हरी केसीको परिकल्पना र निर्माणमा रहेको र उदयराज पौडेलको एरेन्ज लगायत किशोर थापाको मिक्सिङ रहेको यो गीत ‘खान्न भाउजु मस्यौरा सिन्की पकाईदेउ’ गौतमले युटुब च्यानल जननी नेपालबाट रिलिज गरेका छन्।

यस गीतको भिडियिमा गायक स्वयं र अन्य कलाकार किशोर भण्डारी ,रेश्मा तिमिल्सिना ,गरिमा तिमिल्सिना ,कुमार न्यौपाने ,राधाकृष्ण सापकोटाको अभिनय रहेको छ भने उक्त भिडियोको निर्देशन किशोर भण्डारी (डिट्ठा साहेब) ले गरेका हुन् । प्रबेश पोखरेलको छायांकन रहेको यस भिडियो लाई दुर्लभ श्रेष्ठले सम्पादन गरेका छ्न ।
भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!