कपालसम्बन्धी समस्याले धेरै मानिस पीडित हुन्छन्। तर यस्ता समस्या लामो समयसम्म रहेमा रोगको संकेत हुनसक्छ । तीमध्ये केही रोग त लामो समयपछि निकै गम्भीर पनि हुनसक्छन्। समयमै यी रोगको पहिचान गरेर उपचार गरेमा जोखिमलाई घटाउन सकिन्छ। कपालविशेषज्ञ रोहित बत्राले कपालबाट चिनिने रोगका संकेत बताएका छन् ।

चायाँ : कपालमा छिट्छिटो चायाँ फैलिनु सेबोरेहिक डर्मेटाइटिस नामक रोगको संकेत हो। यो रोग शरीरमा संक्रमणका कारण हुन सक्छ। यसो हुँदा छिट्टै कपाल झर्छ र छालामा रातो धब्बा बन्ने समस्या पनि आउँछ।

रुखो : लामो समयसम्म कपाल रुखो भएमा हाइपरथाइरोइडिजमको संकेत हुन सक्छ। यो रोग लाग्दा थाइरोइड ग्ल्यान्ड बढी सक्रिय हुन्छ। अनि तौल अचानक घट्न पनि थाल्छ।

झुप्पामा झर्ने : तपाईंको कपाल झुप्पा झुप्पामा झर्ने गरेको छ भने मधुमेह वा अलोपेसिया अरेटा नामक रोगको संकेत हुनसक्छ। अलोपेसिया अरेटा रोग लागेपछि व्यक्तिको कपाल छिट्छिटो झर्छ र तालुखुइले हुने समस्या आइलाग्छ।

छिटो सेतो हुने : कपाल छिटो सेतो भएमा शरीरमा मेलेनिन नामक हर्मोनको कमीको संकेत हुनसक्छ। यो हर्मोनले हाम्रो छाला र कपालको कपाल बनाउन सहायता गर्छ। यसको कमी हुँदा छाला र कपालको रंग परिवर्तन हुन थाल्छ।

दुईमुखे : कपाल दुईमुखे हुन थाले भने ट्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक रोगको संकेत हो। यसले कपाललाई दुईमुखे बनाएर झर्न थाल्छ।

पातलो : शरीरमा प्रोटीनको कमी भएमा कपाल पातलो हुन थालछ। अनि कपाल छिट्छिटो झर्न पनि थाल्छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!