हिपमत डटकम

सोमबार, मंसिर २३, २०८२ || 2090  पटक पढिएको

जनकपुर, २१ मंसिर । नवगठित मधेश प्रदेश सरकारले एमाले नेतृत्वमा रहेका मन्त्रालयले कात्तिक २३ देखि मंसिर १७ सम्म गरेका सबै क्याबिनेट निर्णयहरू बदर (रद्द) गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको परमादेशपछि पनि तत्कालीन मुख्यमन्त्री सरोज यादवले गरेका विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू समेत सरकारले रद्द गरेको छ।

यससँगै सरकारले प्रदेश सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिव को जिम्मेवारी दिएको छ।

गम्भीर रोग—क्यान्सर, मिर्गौला, मुटु लगायतका बिरामीलाई दिइँदै आएको आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

यसबाहेक शीतलहर, बाढी, डुबान, आगलागीजस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत र पुनःस्थापना कार्यलाई अघि बढाउने नीति लिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!