
मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट सर्वसम्मत सिफारिस भएका छन्। केन्द्रीय निर्देशनअनुसार तीन जनासम्मको नाम सिफारिस गर्न पाइने भए पनि मोरङ–३ मा अर्को दाबेदार नआएपछि शर्मा एकल उम्मेदवार बनेका हुन्।

सिफारिसपछि उनले इमानदार सेवा गर्ने प्रतिबद्धता जनाउँदै देशभरका १६४ निर्वाचन क्षेत्रमा पनि मोरङ–३ जस्तै मेलमिलापसहित सर्वसम्मत उम्मेदवार सिफारिस हुनुपर्ने बताए। उनका अनुसार यसले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउनेछ।
शर्माले मन्त्री बन्ने–नबन्ने विषय दोस्रो कुरा भएको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो प्राथमिकता भएको पुनः सुनिश्चित गरे। स्थानीय नेता–कार्यकर्ताले उनलाई क्षेत्रको ‘उत्तम विकल्प’ भन्दै समर्थन जनाएका छन्।