हिपमत डटकम

सोमबार, मंसिर २३, २०८२ || 2875  पटक पढिएको

मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट सर्वसम्मत सिफारिस भएका छन्। केन्द्रीय निर्देशनअनुसार तीन जनासम्मको नाम सिफारिस गर्न पाइने भए पनि मोरङ–३ मा अर्को दाबेदार नआएपछि शर्मा एकल उम्मेदवार बनेका हुन्।

सिफारिसपछि उनले इमानदार सेवा गर्ने प्रतिबद्धता जनाउँदै देशभरका १६४ निर्वाचन क्षेत्रमा पनि मोरङ–३ जस्तै मेलमिलापसहित सर्वसम्मत उम्मेदवार सिफारिस हुनुपर्ने बताए। उनका अनुसार यसले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउनेछ।

शर्माले मन्त्री बन्ने–नबन्ने विषय दोस्रो कुरा भएको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो प्राथमिकता भएको पुनः सुनिश्चित गरे। स्थानीय नेता–कार्यकर्ताले उनलाई क्षेत्रको ‘उत्तम विकल्प’ भन्दै समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!