मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्विका प्रसाद धमलाले बैठक पछि होटलमा गएर मन लाग्दी खाना खाने जनप्रतिनिधिको सुविधा कटौति गरिदिएका छन् । विस २०७१ सालमा स्थापना भएको पथरी शनिश्चरे नगरपालिकामा यस अघि ७ जना कार्यकारी अधिकृतहरुले आफ्नो सेवा दिएर गईसकेको तथ्याङ्कले देखाउछ । देश संघिय प्रणालीमा गए सगै स्थानिय निर्वाच बाट चुनिएर आएका जनप्रतिनिधिले पनि लगभग ३ वर्षको अवधि पार गरिसेका छन् । निर्वाचित जनप्रनिधि सग–सगै कार्यकारी अधिकृतको रुपमा पछिल्लो अवस्थामा २ जना अधिकृतहरुले सेवा प्रदान गरेर पालिका बाट विदा भएका छन् । यो ३ वर्षको अवधिमा कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी पाएर आएको प्रमुखहरुले यो सुविधालाई कटौती गरेको भए ३०÷३५ लाख रुपैया खर्च कम हुने अनुमान लगाउन सकिन्छ तर त्यसप्रति कसैको अहिले सम्म ध्यान जान सकेको थिएन । स्थानिय तहमा महिनामा ३ देखि ५ वटा सम्म बैठक बस्ने काम भइरन्छ । जसमा बैठक सकिना साथ ३५÷४० जना जनप्रतिनिधिको लर्को नजिकैको सानदार होटल तिर आफुलाई मन पसन्द खाना खान लर्को लाग्ने गथ्र्यो । तर २०७६ बैशाख वाट आफ्नो कार्यभार सम्हालेर आएका धमलाले जनप्रतिनिधिको यो परम्परालाई कटौती गरिदिएका छन् । एक अनौपचारिक कुराकानीको सिलसिलामा धमलाले भन्नुभयो– “नगरको बजेटमा खाना खाने काम रोकिएको छ यो चलन रोकिएपछि मासिक रुपमा कम्तिमा १ लाख भन्दा वढि रकम बचत हुन आएको छ ।” नगरमा आवश्यकता अनुसार कुनै महिना २÷३ वटा कुनै महिनामा ५÷६ वटा कार्यपालिका बैठक बस्ने गरेको छ । हरेक बैठकमा कम्तिमा ३० हजार खर्च खानामा मात्रै खर्च हुने गरेको धमलाले बताउनुभयो । यसरी जनताको पैसाले बैठक सकेर खाना खान जाँदा जनताले जनप्रतिनिधिलाई पनि नराम्रो नजरले हेर्ने भएकाले यो चलनलाई हटाउँ भनेर आफैँले प्रस्ताव लगेर हटाएको धमलाले बताउनु भयो । अहिले बैठकमा विहान सामान्य खाजामा चना, चिउरा र चिया खाने चलन छ प्रत्येक बैठकमा २ हजारका दरले भत्ता पनि दिइने भएकाले सबैले सोही भत्ताको रकमबाट खाना खाने निर्णय भएको धमलाले बताउनुभयो । यसरी पाउदै गरेको सुविधा हटाउन खोज्दा सबै जनप्रतिनिधिले पनि साथ दिएको धमलाको भनाइ छ । अहिले नगरका १० लाख माथिका सम्पूर्ण योजनाहरु ठेक्का मार्फत गर्ने निर्णय गरेको गरेको छ । ठेक्कामा सोही काम घटाघटमा हुँदा रकम बचत हुने भएकाले यो चालु आर्थिक वर्षमा मात्रै पनि २ करोड भन्दा बढी रकम बचत भएको धमलाले बताउनुभयो । सो रकम सबै उपभोक्ता मार्फत माग गरेको भए सबै सकिने तर ठेक्का वा टेण्डर मार्फत काम गर्दा सोही गुणस्तरको काम कम बजेटमा सम्पन्न हुने गरेको छ । योजनामा गल्ती भएको खण्डमा उपभोक्तालाई कार्वाही समेत गर्ने ठाउँ नरहेको तर ठेकेदार कम्पनीले गलत गरेका कार्वाहीको दायरामा समेत ल्याउन सकिने धमलाले बताउनुभयो । आगामी नगर परिषदमा सो बचत भएको २ करोडको पनि नयाँ योजना ल्याउने धमलाको सोच छ । अहिले सार्वजनिक पद धारण गरेका (शिक्षक, कर्मचारी)हरुले कुनैपनि योजनाको उपभोक्तामा बस्न नपाउने निर्णय गरेको पनि धमलाले बताउनुभयो । चालु अवस्थामा रहेका योजनाहरु बैशाख मसान्त सम्ममा सक्ने योजना नगरको रहेको पनि धमलाले सुनाउनुभयो । अब आफु अवकाश हुन ४ वर्ष जति बाँकी रहेका समयमा आफुले अहिले सम्म नगरेको गल्ती गरेर गाँउ फिर्न मन नभएको धमलाले बताउनुभयो । काम गर्दै जाँदा अनेकौँ बाधाहरु, अरोपहरु आउने गरेता पनि आफु नीति र नियममा रहेर कार्य सम्पादन गर्नका कटिबद्ध रहेको पनि धमलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!