अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ।

यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ।

किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ।

कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस्। बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस्।

१) किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ।

२) किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

३) किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ।

४) किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ।

५) यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ। त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ।

६) किसमिसमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!