बिहिबार, फाल्गुण ०१, २०७६ || 946  पटक पढिएको

पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए । उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ ।

पीडितले ढिलै भए पनि न्याय पाउने सम्भावना बढेको बताएका छन् । सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए । दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँ लुटेका थिए ।

पीडितले २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सगरमाथा अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो । बलात्कार पुष्टि भएपछि दम्पतीले सप्तरी जिल्ला अदालतमा बकपत्र गरे । सप्तरी जिल्ला अदालतले हरिनारायणलाई जबरजस्ती करणी र चोरी मुद्दामा ०६५ चैत ११ गते एक वर्ष ६ महिना कैद सुनायो । उनी आफू घटना भएका बेला भारत पञ्जाबमा मजदुरी गरिरहेकाले घटनामा संलग्न नभएको दाबी गर्दै ०६७ असार १७ गते अदालतमा हाजिर भए । खटरको समेत बयानपछि अदालतले २०६७ फागुन १२ गते दुवैजनालाई सफाइ दियो ।

हरिनारायणलाई कम सजाय र खटरलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पीडितले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निवेदन दिए । अदालतले ०७१ मंसिर २९ गते हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला सुनायो ।

उक्त फैसलाविरुद्ध ०७३ चैत २५ गते दुवै जनाले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै सफाइको माग गरे । गत जेठ १ गते सर्वोच्चका तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले पीडितका पक्षमा निर्णय सुनाएपछि अभियुक्त फरार थिए । सर्वोच्चले सबै प्रमाणका आधारमा पुनरावेदनको फैसला सदर र्गयो। त्यसपछि दुवै जना फरार थिए । -अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!