हिपमत डटकम

बुधबार, भाद्र १६, २०७८ || 925  पटक पढिएको

पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

गत आवमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आव ०७७÷०७८ मा रू ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकडभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।

आव ०७६÷०७७ को तुलनामा आव ०७७÷०७८ मा रू ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत रू ४ अर्ब बढेको छ । काँकडभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!