दिउँसै मापसे र मास्क

वाह, क्या बात !

बुधबार, भाद्र १६, २०७८ || 768  पटक पढिएको

नेपालीलाई मास्क लगाउनु पर्छ भन्ने कोरोना आएपछि मात्र थाहा भयो । कोरोना अघि मास्क लगाएर हिड्ने व्यक्ति बजारमा नमुना नै हुन्थ्यो । मास्क लगाएर हिड्दा किन मास्क लगायो भन्ने खुल्दुली हुन्थ्यो । धेरैले त मास्क देखेका पनि थिएनन् । तर अहिले मास्क लगाउने संख्याको हिसाव गर्ने हो भने बजारमा ९० प्रतिशतले मास्क लगाएका छन् ।

कोरोना महामारीका कारणले प्रशासनले मास्क नलगाउने व्यक्तिलाई बाटैमा रोकेर मास्क लगाउन लाउँछ । साथैमा छ भने लगायो नत्र नजिकै पसलबाट किनेर भएपनि लगाउनु पर्छ । मास्कको मामलामा प्रहरी प्रशासन अहिले कडा रुपमा प्रस्तुत भएको छ ।

ट्राफिक प्रहरीले निःशुल्क मास्क समेत वितरण गर्दै आएको छ । तर, सर्वसाधारण मास्क नलगाउन पाए हुन्थ्यो भन्छन् । प्रहरीका लागि भएपनि सर्वसाधराण मास्क बोकेर हिड्छन् । प्रहरी देख्यो भने मास्क मुखमा हुन्छ नत्र मास्क चिउडोमा त पक्कै हुन्छ ।
अहिले अनिवार्य मास्कले दिउँसैै मापसे गर्नेलाई साह्रै काइदा भएको छ । दिउँसै मापसे नगरी नहुनेलाई अनिवार्य मास्कले साह्रै सजिलो बनाएको छ । यतिबेला दिउँसै मापसे गर्नेको संख्या बजारमा बढेको छ । जतिखेर मापसे गरेपनि हुने । मास्क लगाएपछि कसैलाई थाहै नहुने । जड््याहाले त खुरापाती दिमाख पनि लगाउँछन् । जव जाँड खान्छन् तव डवल मास्क मुखमा हुन्छ ।

बिहान घरबाट एउटा मास्क लगाएर निस्केको व्यक्ति घर पुग्दा डवल मास्कमा पुग्छ । गन्ध नआएपछि वियर खाएपनि हुने, भोड्का खाएपनि हुने, ह्वीस्की खाएपनि हुने, लोकल खाएपनि हुने । मास्कले जड्याहालाई कम्ता सजिलो बनाएको छ र । छोउमा बस्नेलाई मस्त जाँड खाएको थाहै नहुने भएपछि जाँड खाने समयसिमा असिमित भएको छ । मस्त जाँड खाएर अफिस जाँदा पनि भयो । कार्यक्रममा बस्दा पनि भयो ।
खुट्टा ठिक ठाउँमा र बोली ठिक ठाउँमा भयो भने कसैलाई थाहै नहुने । पहिला मास्क नै नदेखेको जड्याहा अहिले एकैछिन मुखबाट मास्क झिक्दैन । अहिले प्रहरीले कोरोनाका कारण मापसे जाँचलाई त्यति कडा गरेको छैन ।

प्रहरीले परैबाट सवारी कागजात मागेपनि मापसेको सवाल जवाफ हुँदैन । प्रहरीले मापसे गरेको छ छैन् भनेर सोधीहाले पनि मापसेको गन्ध प्रहरीलाई आउँदैन । प्रहरीले मास्क खोल्न भन्दैन । एक त प्रहरी छेउमा पुग्दैन त्यसमा पनि मास्कले गन्ध बाहिर आउन दिदैन । मापसे गरेको व्यक्ति कहाँ खानु सर म त मापसे गर्दिन भन्दै टाप ठोक्छ । कम्ता सजिलो बनाएको छ त मास्कले ।

प्रहरीले दिउसो सवारी जाँचसंगै मापसे चेकिङलाई पनि कडा बनाउनु पर्छ । मास्कको अनिवार्य लागु नहँुदा दिउँसै मापसे गर्न अप्ठ्यारो हुन्थ्यो । दिउँसै मापसे गरेर हिंड्दा कतै आफन्त देखियो भने लुकेर हिड्नु पथ्र्यो । अफिस जान पनि गाह्रो हुन्थ्यो ।
तर अहिले त जो जहाँ भेटेपनि कुनै समस्या नै रहेन । होटलबाट बाहिर निस्कदा कोही भेटिहाले पनि खाजा खाएको भन्दा भै गयो । जसले जतिबेला जाँडको अफर गरेपनि पछि नहट्ने बनाइदिएको छ मास्कले ।

अहिले दिउँसै मापसे गर्नेलाई अनिवार्य मास्क वरदान सवित भएको छ । कोरोना महामारीलाई रोक्ने महत्वपूर्ण बनेको मास्कलाई जड्यहाले गलत रुपमा प्रयोग गरेका छन् । मास्कको आडमा दिउँसै मापसे गर्नु भनेको अफुलाई कुलतमा फसाउनु हो ।
यसबेला लागेको गलत बानीले तपाईलाई पछिसम्म असर पु¥याउने छ । अतः मास्कको आडमा गर्दै आउनु भएको दिउँसै मापसे कार्यक्रम बन्द गरौं । कोरोनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं । जय मास्क !

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!