मोरङको बिराटनगर महानगरपालिकाका विभिन्न स्थानमाहरुमा शान्ति युवा कल्ब द्वारा तपाईको माक्स खोइ १२ दिने माक्स अभियान तथा वितरण कार्यक्रम सफल पारिएको छ ।
तपाईको माक्स खोइ अभियान अन्तर्गत महानगरपालिकाका विभिन्न चोकमा कल्बका युवाहरू द्वारा १२ दिन सम्म माक्स वितरण गरिएको हो। आफू पनि माक्स लगाउ र अरुलाई पनि माक्स लगाउन भन्ने नाराका साथ अभियान सुरु गर्दे माक्स नलगाएकाहरु माक्स दिदै लगाउन गरिएको थियो ।
कोभिड १९ रोकथाम तथा लागि बढदो कोरोना महामारी न्यूनीकरण गर्नका लागि मोरङ को ट्राफिक चोक , महेन्द्र चोक, नयाँ गुद्री , पुरानो गर्दी , न्युरो रोड, अस्पताल चोक ,शनि मन्दिर र बस पार्क लगायतका क्षेत्रमा जम्मा १२ हजार पिस माक्स वितरण गरिएको शान्ति युवा कल्बका अध्यक्ष विपुल चोधरीले बताएका छन।
माक्स नलाग्ने व्याक्तिहरुलाइ खोजी खोजी माक्स लगाउन आग्रहका साथै माक्स समेत वितरण गरेको अध्यक्ष चोधरीले बताए। त्यसै गरि अध्यक्ष चोधरीका अनुसार अभियानमा कार्यक्रमको सहयोगमा पुजा सिंह , गरिमा साह , आदर्श झा बिराटनगर महानगरपालिकाका विभिन्न ठाउँमा खटिएका प्रहरीसाथीहरू , ट्राफिक प्रहरीका , शान्ति युवा क्लबका सदस्यहरुको उपस्थिति रहेको बताए ।