म भीम आचार्य भएको भए…

रिपोर्टरको कूनो

आइतबार, भाद्र १३, २०७८ || 669  पटक पढिएको

यदि म भीम आचार्य भएको भए के गर्थे ?

सन्दर्भ सत्ताको होइन, सत्तामा पुगेपछि कुनै योजना बनाउने कुरा पनि होइन, उनको भाइको मृत्युको हो । म भीम आचार्य भएको भए एक दिन एमाले संसदीय दलको बैठक रोक्न लगाउँथे । यतिका दिन त शेरधन राईले चलाए भने ३ दिन अरु चलाउनुहोस् म शोकमा छु भनेर सत्ताको खेलबाट टाढा रहन्थे ।

एउटै कोखबाट जन्मेको भाइको अन्तिम संस्कारमा जाने थिए । उनको मृत्युबारे प्रत्यक्ष उपस्थित भएर इनरूवा जाने थिए । विष सेवन किन ग¥यो भाइले ? वा गरेको होइन र यसमा कुनै अप्रिय कारण छ कि भनेर सोधखोज गर्थे । शोकको घडी वित्दै गर्दा बैठक बोलाएर कुरा गर्थे ।

तर, म भीम आचार्य होइन । यदि भएको भए यसो गर्थे भन्ने मात्र हो । आज शोक एकातिर अनि मुख्यमन्त्रीको अस्थायी कुर्सी अर्कोतर्फ छ आचार्यका लागि । शोकमा रहेको बेला बधाई खानुको कुनै अर्थ हुने छैन ।

भाइ मरेको छ अनि म भने फूलमाला, बुकीको बधाई खाँदै छु !

मानविय संवेदना हराउन थालेको मेरो समाजमा आचार्यको पछिल्लो गतिविधिलाई पक्कै पनि रुचाइएको छैन । हो, मुख्यमन्त्री भएकै दिन भाइको यस्तो घटना हुन्छ भनेर आचार्यले सोचेका थिएनन् । तर, जब घटना भएको थाहा पाए उनले सत्ता र राजनीतिबाट केही पर राखेर परिवारलाई समय दिनुपर्दथ्यो ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!