बीरेन्द्रकुमार साह

आइतबार, भाद्र १३, २०७८ || 850  पटक पढिएको

अवसरवाद यस्तो चिज हो जसले व्यक्तिलाई मपाई बनाउँछ । खासगरेर नेपाली राजनीतिमा अवसरवाद हावी भएको छ । अवसरवादका लागि कित्ता काटिएको कसैले थाहा पाउन्न । हामी सबा तिन करोड नेपाली जनताले सीमित नेताहरूमाथि विश्वाश गर्छौ । नेताहरूले देशको विकास गर्छन् जनताको पिरमार्कालाई बुझछन् र, जनताको सेवामा तल्लिन हुन्छन् भनेर नै हामी नेताहरूलाई सम्मान गर्छौ । मत पनि दिन्छौ । मत र विश्वास घात गरेर छेपारोले रंग फेरेझैं नेताहरू अवसरवादतर्फ अग्रसर हुन्छन् ।

नेताहरू अन्तिममा घोर अवसरवादी तथा सामान्ती भएर बाहिर आउँछन् र हामीले गरेको विश्वास पनि मर्छ । नेकपाको विभाजनपछि राजनीतिक दल र नेतामा यतिधेरै अवसरवाद देखियो भन्दा पनि लाज लाग्छ ।

भीम रावल, घनशयाम भुषाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायत नेताहरूमा अवसरवाद देखिएको छ । उनीहरू सिद्धान्त, लाइनभन्दा पनि अवसरवादतर्फ लागेर आफुलाई परिवर्तन गरेका छन् ।
यहाँ यो प्रश्न एमालेमा मात्र होइन, कांग्रेस, जसपा, राप्रपा, माओवादी केन्द्र सबैमा छ । जनयुद्ध लडेर आएका माओवादी केन्द्रका नेताहरू लाई हेर्नुहोस् उनीहरू जस्तो अवसरवादी कोही देखिएका छैनन् ।

नेताहरूको उपनाम नै अहिले धोकेवाज राख्दा फरक नपर्ला । नेताहरूले जनतालाई मात्र धोका दिदैनन् परिआएको अवस्थामा आफ्नैलाई पनि सक्छन् र, सकेका पनि छन् । सीमित केहि अवासरका लागि उचाल्ने र पछार्ने अनि धोका दिने काम गर्छन् यसको ज्वलन्त उदाहरण देशमा भईरहेको अहिलेको राजनितिक घटना क्रममालाई लिन सकिन्छ ।

के यसरी मन्त्रि बन्न वा पार्टीमा केही पद पाउने लोभलालचमा पर्ने यी नेताहरूले देश विकास र जनताको दुःखमा साथ दिन्छन् त ? पक्कै पनि दिदैनन् । किनभने यिनीहरू घाटा र नाफाको ब्यापारमा ब्यस्त छन् । बस् आफ्नो फाईदा मात्र हेर्छन् । हामी सुरुसुरुमा सिनेमामा हेथ्र्यो नेताहरूले आफ्नो पद पाउनका लागि मानिसको हत्या गर्न समेत पछि नहटेको दृश्य देखिन्थ्यो । हो, अहिले यस्तै भईरहेको छ नेपालमा । नेताहरूले आफ्नो विचार सिद्धान्त र आशाको हत्या गरिरहेको छ । के यो जायज हो ? पक्कै होइन । र, पनि मतदाताले किन यस्तालाई निर्वाचनमा पत्याउँछन् ?

उदाहरण हेरौं केपी शर्मा ओलीको बिरुद्धमा मोर्चा कस्न केहि ठुलाठुला नेताले नै माधव नेपाललाई अघि सारे । उचाले तर जब परीक्षा नतिजाको घडी आयो सबैले साथ छोडे । बस् आफ्नो फाइदा मात्र हेरे खुलेर बोल्नु पर्दा माधव नेपाललाई सिढी बनाए आफुहरू अगाडि बढ्न के अहिलेको युवा नेता भनाउदालाई शोभा दिन्छ ? के जनताले अब यी नेताहरूलाई फेरि पत्याउँछन् ? के अब यी नेताहरूलाई केपी ओलीले धोका दिदैनन् ? धेरै प्रश्नहरूको उत्तर खोजिरहेको छ अहिले समयले ।

जसले कसैलाई धोका दिएको हुन्छ उसले अरू कसैलाई धोका दिन्न भनेर विश्वास नगर्नुहोस् । राजनीतिलाई यत्तिकै विद्वानहरूले फोहोरी खेल भनेका व्याख्या गर्दैनन् । यो सहि नै साबित भयो । केहि थान मुख्यमन्त्री केहि थान मन्त्रीका लागि यसरी आफ्नो अस्तित्वलाई दाऊमा लगाउनु कतिको उचित हो ? अब आउदो पुस्तालाई कुन राजनितिक संस्कार अहिलेको नेताले सिकाई रहेका छन् ?

अब आउँदो पुस्ताले यहि सिक्ने हो भने देशको अवस्था अझै सयकडौं बर्षसम्म यस्तै नै रहन्छ । अब पनि पनि इमान्दार बन्ने कि हामी आम नेपाली जनताको आशा र विश्वाश्लाई जोगाउने कि कि बस आफ्नो स्वार्थ मात्र पूर्ति गर्ने नेता महोदय ? नेता महोदयमा जागेको अवसरवादले समाजलाई नै बर्बादीतर्फ अग्रसर गराएको छ । नेताहरूलाई कसोरी विश्वास गर्ने ?

जहाँ विश्वास हुन्न त्यहाँ नैतिकता खडेरीमा पर्छ । नेपालको राजनीति अवसरवाद, अविश्वासीको खडेरीबाट गुज्रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!