राम प्रेम यादब

शनिबार, भाद्र १२, २०७८ || 736  पटक पढिएको

शनिबार सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ३ नयाँ हाट, कप्तानगंजमा शेयर बजार सम्बन्धी एक दिने आधारभुत तालिमको दोस्रो शृङ्खला सम्पन्न भएको छ । नासा ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजले कार्यक्रम व्यावस्थापक र अर्थ सरोकार डटकमको सहकार्यमा गरिएको सो तालिम स्थानीय समुदायीक भवनमा सम्पन्न भएको हो । १२ शृङ्खलामा सम्म हुने सो तालिमको दोस्रो शृङ्खलामा उल्लेखनिय प्रशिक्षर्थीहरु सहभागी भएका थिए ।

तालिममा शेयर बजार सम्बन्धी अधारभुत ज्ञान बारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । उनले आजको तालिममा यस नासाले गर्ने राष्ट्र तथा अन्तरराष्ट्रिय कार्यक्रमको बारेमा पनि प्रकाश पारेको थियो । त्यसै गरी उनले भने की तपाईहरु महगो समान खरीद नगरी खर्चमा कटैटी गरेर शेयरमा लगानी गर्न आग्रह समेत गरेको थियो ।

सहभागीहरुलाई अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले प्रशिक्षण दिएका थिए ।

तालिमका प्रमुख अतिथि देवानगंज गाउँपालिका अध्यक्ष लाली प्रशाद मेहताले शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले नाशाद्वारा आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिएको थियो ।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गदै अथिती देवानगंज गाउँपालि वडा नम्बर ३ का वडा अध्यक्ष अनिल भगतले भने जसरी पहीला एउटै मोबाईलले एउटा परीवारमा हुन्थो र त्यसैबाट सबै कुरा गर्थे तर अहीले सबैको हाथ-हाथमा मोबाईल रहेको छ । त्यसैगरी एक दिन शेयर र्माकेट पनि प्रत्यक गाउँको घर-घर सम्म पुग्ने उनले बताए ।

तालिममा शिक्षक सूर्यनारायण मेहता, मधेशी समाज दक्षिण कोरीया प्रतिनिधी अरबिन्द मेहता, रामकुमार मेहता, जनौउदिन अंसारी लगायतकाले सुभकामना मन्तव्य समेत राखेको थियो ।

कार्यक्रममा संचालन सदस्य सन्जु मेहताले स्वागत मन्तव्य राखेका थिए भने अर्का संचालक सदस्य दिनेश महताले नासा ईन्भेष्टमेन्ट बारेमा प्रष्ट पारेका थिए ।

संस्थाका अध्यक्ष अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न सो तालिम दुई सत्रमा संचालन गरिएको थियो । कार्यक्रममा प्रशिक्षक प्याकुरेल र उपस्थित अथितीहरुलाई मायाको चिन्हो प्रदान गरि सम्मान गरिएको थियो ।

आजको तालिममा शेयर बजारको प्राईमरी र सकेन्डरी बजारको बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!