हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 657  पटक पढिएको

विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् ।

विराट अस्पतालमा उपचारत उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरे । आइतबार राति उर्लाबारी–४ वरगाछीमा भएको दुर्घटनामा परी माझी अस्पताल भर्ना गरिएका थिए । उनको करङ भा“चिएर छातीमा रगत जमेको थियो । शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको बताइयो । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको बिरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउ“सो राति केही नभनी रगत दिंदै आएका छन् । यसअघि उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेका थिए ।

यसपटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तिमा एक सयपटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

विराटनगरमा १०० पटकभन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेम सागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् ।

अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउ“दै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!