नरिसाउनुस् है
कोरोना महामारीको बेला सरकारी राजश्वसमेत लक्ष्यअनुसार संकलन भएन । उद्योग अनि हरेक प्रकारका व्यवसाय (केहीलाई छाडेर) चौपट नै भए । उत्पादन कटौती गरेर पनि इज्जतका लागि कतिपय उद्योगीले उद्योग संचालन गरे ।
तर, नेपालका बैंकहरू सबै मुनाफामा देखिए । उनीहरूको मुहारमा खुसी छाएको देखिन्थ्यो । हिसाब अल्या गरेर बैंकहरू मुनाफामा गएका होइनन् पक्कै पनि । मुनाफा नै भयो अनि हिसाब समेत सार्वजनिक भएको छ । नबिल बैंकले मात्र ४ अर्ब कमायो रे । एनआईसी एसिया, इन्भेष्टमेण्ट, हिमालयनलगायतका बैंकको मुनाफाले धेरैलाई आश्चर्यचकित बनायो ।
वर्गिकरणमा पुछारमा रहेका बैंक र वित्तिय संस्थाको कमाई पनि मनग्गे देखिएको छ । महासंकटको बेलामा जनताको विजोग आफ्नो ठाउँमा होला तर, बैंकहरूले आफुलाई हष्टपुष्ट पारेर अरुलाई कमजोर बनाएकै हुन ।
‘क’ वर्गका बैंकहरू लाखमा होइन, करोडमा होइन अर्बमा नाफामा गएका छन् । महामारीको बेलामा यो कसोरी सम्भव भयो ? बैंकसित के जादूको छडी थियो र, यस्तो संकटको बेलामा पनि मुनाफामा लान सकियो । उद्यम र व्यवसाय चौपट भएकाहरू सोच्दा हुन–यदि समयमै बैंक खोलेको भए ?
बैंकहरू किन मुनाफामा नजाउन त ! सेवाग्राहीसित ७ देखि १५ प्रतिशतसम्म ब्याज लिइन्छ । पैसा राख्ने सेवाग्राहीलाई भने ५ प्रतिशत ब्याज पनि दिइन्न । संकटको बेला सबैलाई पैसा चाहिएको छ । बैंकसित मुष्ठ पैसा छ र, लगानी उनीहरूको नियमअनुसार भएको छ । अनि बैंक र वित्तिय संस्थाहरू मुनाफामा नगएर कुन लगानी जान्छ त !
कोरोना महामारीमा ऋणीलाई बैंकले कुनै सुबिधा दिएन । कोरोना संक्रमण भएर घरमा बस्दा समेत ब्याज उठाउन तागेता ग¥यो । मलाई कोरोना संक्रमण भएको छ, परिवारमा बज्रपात नै आइलाग्यो भनेर भन्दा पनि बैंकहरूले केही सुनेनन् । कस्तो अमानविय शैली ? कसोरी हुन्छ ब्याजसहित साँवा बुझाउनु प¥यो भनेर म्यासेज र फोन गरेर हैरान बनाए । यति गरेपछि स्वाभाविक रूपमा मुनाफामा जाने कुरा भैहाल्यो नि !
बैंकहरूको सामाजिक उत्तरदायित्व खोई ? स्थानिय, प्रदेश र केन्द्रीय सरकारलाई केही निश्चित रकम सहयोग गरेकै आधारमा कर्पोरेट उत्तरदायित्व पूरा भयो ? महामारीको बेलामा संकटमा परेका सेवाग्राहीलाई बैंकले के योगदान ग¥यो ? यो यो सामाजिक उत्तरदायित्व होइन ? हो, ऋण लिएपछि तिर्नुपर्छ तर, तिर्ने पनि समय, प्रक्रिया हुन्छ । देश नै संकटमा परेको बेला, सेवाग्राही नै अति प्रभावित भएको बेला बैंकले उनीहरूलाई के ग¥यो ?
स्कुल बन्द भए । कलेज पनि चलेका छैनन् । अधिकांश स्कुल कलेजले गाडी र पूर्वाधार निर्माणमा मोटो रकम लगानी गरेका छन् । कोरोना महामारी नआउँदा त उनीहरूले साँवा र ब्याज पनि तिरेकै हुन । विद्यार्थीबाट शुल्क समेत उठाउन सकिन्थ्यो । तर, विगत १८ महिनादेखि अनलाइन कक्षाको नाममा रकम उठाउँदा समेत कोलाहल मच्चाइन्छ ।
स्कुल र कलेजले कहाँबाट रकम दिने ?
राष्ट्र बैंकले बैंक कं. हरूलाई पटक–पटक उत्तरदायित्व सम्झाएको छ । तर, बैंकहरू एक कानले सुनेर अर्को कानले उडाएका छन् । धेरै केही गर्न नसके पनि बैंकहरूले साँवा र ब्याज असुलीलाई सरलीकृत गर्न सक्थे । गरेनन् र, एकतर्फी रूपमा उठाउन उद्यत देखिए ।
अरूलाई रित्तो बनाएर आफु खुसी हुने, भरिने कस्तो संस्कार हो ? कस्तो व्यवसाय हो ? यो यो लुट र आतंकलाई टुलुटुलु हेरेर बस्छ सरकार र उसको आधिकारीक निकाय । हतियार दिएर सरकार नै जब लुट्न जा भन्छ भने लुटेरा त मख्ख पर्ने नै भयो ।
बैंक मुनाफाका लागि मात्र खोल्ने होइन, यसको पनि केही सामाजिक दायित्व हुन्छन् । हो, नियम हुन्छन् तर, कतिपय नियम समय र परिस्थितिका कारण परिवर्तन पनि हुन्छन् । परिवपर्तन गर्नु पनि पर्छ । बैंकहरूको गतिविधिलाई यसरी नै छाडा छाड्नु् हुन्न ।
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।