फ़ाईल तस्बिर

विराटनगरको स्वास्थ्य क्षेत्रमा सिन्डिकेट हावी भएपछि साना व्यवसायी गरिखान नसकेर पलायन हुन थालेका छन् ।

पछिल्लो समय विराटनगरको नाम चलेका ३ दर्जनभन्दा बढी ठूल ठूलादेखि साना नर्सिङ्ग होम , अस्पताल र क्लिनिकहरू एकद्वार प्रणालीबाट उपचार गराउँदै सिन्डिकेट प्रथा लागु गरेको छ । ठूला तथा साना स्वास्थ्य संस्थाहरूमा सिन्डिकेट प्रथा लागु भएपछि विराटनगरमा साना व्यवसाय गरेर जीवन निर्वाह गर्ने सयभन्दा बढी साना व्यवसायीहरू पलायनतर्फ उन्मुख बनेको छ ।

एकद्वार प्रणाली मार्फत उपचार, परिक्षण र औषधी खरिद गर्दा विरामीले विरामीको आफन्तको मोटो रकम खर्च भइरहेको छ । यसतर्फ तीन तहकै सरकार उदाशीन छ । कोभिड–१९ महामारीका कारण डेढ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रसँग आवद्ध साना व्यवसायीहरूको कारोबार ठप्प छ । कोभिड–१९ को दोस्रो लहर सामान्यतर्फ उन्मुख भइरहेको बेला ठूलाठूला नर्सिङ्ग होम, अस्पतालदेखि चिकित्सकहरूको निजी क्लिनिकले सिन्डिकेट प्रथा लागु गरेको छ ।

बजार क्षेत्रमा साना व्यवसाय संचालन गरेका व्यवसायी ग्राहकको अभावमा धमाधम पसल बन्द गर्न थालेका छन् । चिकित्सकको सल्लाह बमोजिम विरामीले परिक्षण गराउने, इसिजी, भिडियो एक्स रे, रगत दिसा पिसाब, अल्ट्रासाउण्ड ,डिजिटल एक्सरे, सिटी स्क्यानदेखि औषधी खरिदसम्म एकद्वार प्रणाली मार्फत डाक्टरले भनेकै ठाउँमा परिक्षण गराउनु पर्ने भएको कारणले बजार क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित साना व्यवसायी विरामीको अभावमा पलायन हुन थालेका छन् ।

डाक्टरको सल्लाह बमोजिम सम्पूर्ण परिक्षण गराएका विरामीहरूले डाक्टरकै कम्पाउण्डमा रहेको औषधी पसलमा औषधी खरिद गरेर देखाउनु पर्ने भएकोले औषधी पसल खोलेर बसेका औषधी व्यवसायीको अवस्था दयनीय छ । विराटनगरमा ५० हजारदेखि १ लाखसम्मको घर भाडा तिरेर औषधी पसल खोलेका व्यवसायीले कर्मचारी व्यवस्थापनमा पनि मोटो रकम खर्चने गरेका छन् । खर्चअनुसार कम रकमको औषधी बिक्री हुँदा औषधी व्यवसायीको अवस्था नाजुक छ ।

विराटनगरमा संचालित मोटो रकम लगानीका नर्सिङ्ग होम, अस्पताल र क्लिनिकहरूले विरामीहरूसँग मोटो रकम असुलीका लागि सुविधा सम्पन्न आलिसान महलमा सकभर पुरै क्लिनिक खोल्ने नभए तीन चार सटर लिने र ल्याबदेखि चिकित्सक कोठासम्म संचालन गर्ने र औषधीसम्मको खरिद एकै थलोमा गर्नु पर्दा विरामीको ढाड सेकिने गरेको छ । विरामीले बाहिर गएर सस्तोमा कुनै परिक्षण गराउन नपाउँदा मोटो रकमको चुना लाग्ने गरेको छ । विराटनगरका दुई दर्जनभन्दा बढी मोटो रकम लगानीका नर्सिङ्ग होमहरूले सबै रोगको उपचारदेखि परिक्षण र औषधीको सेवा एउटै थलोबाट गराउने गरेको छ ।

डाक्टरले प्रेस्पिक्रिप्सन लेख्दा विभिन्न परिक्षण लेखे पनि सबैको रकम एउटै काउण्टरमा बुझाउन भन्ने गरेको छ । जसको कारण टाढा टाढा भएका विरामीहरूले लाइन लागेर एकै ठाउँमा उपचार गराउँदा विश्व स्वास्थ्य संगठनको मापदण्ड समेतको धज्जी उडिरहेको छ । विरामीले आफू अनुकुल बजार क्षेत्रमा डाक्टरको सल्लाह बमोजिम स्वास्थ्य परिक्षणदेखि औषधी खरिद गर्दा सिन्डिकेट हावी भएकोले एकै थलोमा दिनभर बित्ने गरेको छ ।

रिर्पोट संकलन गरेपनि डाक्टर नभेटिदा पर्खिएर अर्को दिन देखाउनु पर्ने बाध्यता छ । यसरी डाक्टरका लागि दिनहुँ पालो पर्खदा सर्वसाधारणको मोटो रकम अनाहकमा खर्च भइरहेको छ । विराटनगरका नर्सिङ्ग होम, अस्पताल र निजी क्लिनिक मात्र नभई एक दर्जनको हाराहारीमा खुलेका आँखा अस्पतालहरूमा समेत सिन्डिकेट प्रथा हावी छ । विराटनगरका आँखा अस्पतालमा ९० प्रतिसतभन्दा बढी भारतीय विरामी आँखाको उपचार गर्न आउँछन् ।

नेपाली बोल्न नसक्ने भारतीयहरूलाई निजी क्षेत्रका आँखा अस्पतालका संचालकहरूले आँखादेखि स्वास्थ्य परीक्षणको नाउँमा सिन्डिकेट खडा गरेर मोटो रकम असुली गरिरहेको छ । कोभिड–१९ को महामारीको पहिलो लहर शुरू हुनु अघिसम्म विराटनगरका आँखा अस्पतालका संचालकहरूले विरामीको पुर्जाको आँखाको कति पावरको चस्मा लाग्छ भनेर लेखेर पठाउने गरेको थियो । अस्पताल बाहिर सयौंको संख्याका आँखाका चस्मा पसल र औषधी पसल खुल्ला छन् । तर तिनमा ग्राहक छैनन् । आँखा अस्पतालले समेत परिसरभित्रै रहेको चस्मा एवं औषधी पसलबाट नै कारोबार गर्ने गरी व्यवस्था मिलाउँदा मोटो रकम खर्च हुने गरेको छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!