राम प्रेम यादब

शनिबार, साउन ३०, २०७८ || 1188  पटक पढिएको

शनिवार मोरगंको बिराटनगरमा शेयर बजार सम्बन्धी एक दिने आधारभुत तालिम सम्पन्न भएको छ । नासा ईन्भेष्टमेन्ट प्रा. लि. विराटनगरको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजले कार्यक्रम व्यावस्थापक र अर्थ सरोकार डटकमको सहकार्यमा गरिएको सो तालिम स्थानीय विद्याभूमी प्लस टु स्कुलको सभाकक्षमा सम्पन्न भएको हो । १५ दिनको अन्तरालमा १२ पटक सम्म दिइने सो तालिमको पहिलो दिन ५० जना प्रशिक्षर्थीहरु सहभागी भएका थिए ।

तालिमको पहिलो दिन शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । उनले आजको तालिममा शेयर बजारको प्राईमरी र सकेन्डरी बजारको बारेमा प्रशिक्षण दिइएको बताए ।

सहभागीहरुलाई अर्थ सरोकार डटकमका कार्यकारी सम्पादक सुरज प्याकुरेलले प्रशिक्षण दिएका थिए । उनी सो तालिमका प्रमुख प्रशिक्षक समेत रहेका हुन् ।

नासाले अगामी दिनमा देश भरी नै सो तालिम संचालन गर्ने जनाएको छ । १२ दिनको सो तालिम प्याकेज पुरा गरेपछि सहभागीहरु शेयर बजार सम्बन्धी पूर्ण जानकार हुने नाशाले दाबी गरेको छ ।

तालिमका अतिथि विद्याभूमी प्लस टु स्कुलका फाउन्डर डाइरेक्टर गुनान्नद महतोले शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले नाशाद्वारा आयोजना गरिएको तालिम समय सापेक्ष उपयुक्त रहेको भन्दै यस तालिममा सहभागि हुन् सबै संग आग्रह समेत गरे ।

संस्थाका अध्यक्ष अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न सो तालिम दुई सत्रमा संचालन गरिएको थियो । कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । त्यसैगरि प्रशिक्षक प्याकुरेल र फेमिलियर इभेन्ट म्यानेजमेन्टलाई मायाको चिन्हो प्रदान गरि सम्मान गरिएको थियो ।

आउँदो ३२ गते कैलाली जिल्लाको धनगढी बजारमा फेरी कार्यक्रम गर्ने आयोजकले बताए ।

 

यो पनि———–

आर्थीक गतिबिधिका लागि बिराटनगरबाट शुरु भयो नाशा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!