नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट
सुशोभित गरेका हुन् । समारोहमा गृहसचिव न्यौपानेले सरकारको तर्फबाट ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।

उक्त अवसरमा महानिरीक्षक ज्ञवालीले व्यवसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेका थिए ।

मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!