हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 729  पटक पढिएको

विराटनगर महानगरपालिकाले १९ वटै वडाका जनतालाई यौनजन्य रोगबाट सुरक्षित राख्न निःशुल्क कण्डम वितरण अभियान थालेको छ ।
महानगरपालिकाले जनस्वास्थ्य महाशाखा मार्फत १९ वटै वडाका स्वास्थ्य केन्द्रमा कण्डम बक्स जडान गरेर वितरण कार्य शुरू गरेको हो ।

विराटनगर–१० का वडाध्यक्ष माधवराज वाग्लेले वडावासीलाई यौन जन्य रोगबाट सुरक्षित राख्न कण्डम वितरण गरिरहेको जानकारी गराए । महानगरपालिकाले एकमुष्ठ परिमाणमा कण्डम किन्ने र वडा कार्यालयहरू मार्फत वितरण गर्ने गरेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पछिल्लो समय छालादेखि यौनजन्य रोगमा वृद्धि हुने गरेको देखिएको बताएका छन् ।

 

यौनजन्य सरूवा रोगबाट विराटनगरवासीलाई सुरक्षित राख्न १९ वटै वडामा कण्डम बक्स जडान गरी स्वास्थ्य केन्द्र मार्फत कण्डम वितरण कार्य शुरू गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!