हिपमत डटकम

आइतबार, बैशाख २३, २०८१ || 15397  पटक पढिएको

विराटनगर ।  विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ । टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता रहेको थियो ।

माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताउनुभयो । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उहाँको भनाइ थियो ।अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसीको मासु नष्ट गरेको यादवले जानकारी दिनुभयो ।

महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको छ । गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो । महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा रहेका छन् । ती मध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार व्यापक रुपमा अनुगमन गरेर दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!