बीरेन्द्रकुमार साह

आइतबार, बैशाख २३, २०८१ || 26994  पटक पढिएको

बिराटनगर। चर्चित गायक रामा मण्डललाई बिराटनगरको पारस हस्पिलले सम्मान गरेको छ। दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहेका गायक रामा मण्डललाई पारस हस्पिटल बिराटनगरले एक कार्यक्रमको बिच सम्मान गरेको हो।

नेपाली ,मैथिली ,थारु ,हिन्दि ,भोजपुरी लगायत धेरै भाषामा करिब ९०० भन्दा बढी गीत गाएका कलाकार रामा मण्डललाई आफुहरुले सम्मानित गर्न पाउदा हर्षित भएको पारस हस्पिटलका अध्यक्ष डाक्टर सफ़िउर रहमानले बताए।

हामीले कलेजको समयदेखि नै रामा सरको गीतहरु सुन्दै आएका छौ आज यसरि सम्मानित गर्न पाउदा खुशी छौ डाक्टर रहमानले बताए। कलाकारहरुलाई सधै हामि माया गर्छौ त्यसैले पारस हस्पिटलमा कलाकार्हरुकोलागी बिशेष छुटका साथ उपचार गराउने देखि लिएर अन्य धेरै सुबिधा दिने बिषयमा कलाकारहरुसंग छलफल समेत गर्दै गरेको डाक्टर रहमानले बताए।

यसरि पारस हस्पिटलले आफ्नो कलाको सम्मान गर्दै सम्मानित गरेकोमा गयाक रामा मण्डलले खुशी व्यक्त गरे ,स्वास्थ्य क्षेत्रमा कम समयमा गरिब असहायको सेवा गरेर जसरि नाम र ईज्जत कमाएको छ यो हस्पिटलले त्यसरी नै औअदो दिनहरुमा हामि पनि सहकार्य गर्दै अगाडी बढ्ने छौ गायक मण्डलले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!