विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नरम स्वाभावका मानिन्छन् । आफुलाई कसैले गाली ग¥यो भने पनि उनी मुसुक्क हाँसेर सहन्छन् ।
तर, बुधबार उनी आक्रामक देखिए । मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूसहित जिल्ला स्तरीय नेताहरूसित कोइराला निवासमा भएको बैठकमा मेयर पराजुलीले आफ्ना विरूद्ध गलत प्रचार–प्रसार गर्ने नेता तथा कार्यकर्तालाई पार्टीले अनुशासनको कारवाही गर्नुपर्ने माग गरे ।
पराजुलीले आपूmले पार्टीको तर्फबाट मेयरको हैसियतमा गरेको गलत कार्यलाई छानविन गरेर पार्टीले आफूलाई पनि अनुशासनको कारवाही गर्न आग्रह गरे । कांग्रेस विराटनगर–५ का बुथ सभापति विमल राजभण्डारीको घरमा केहि दिन अघि लगाइएको कोभिड–१९ को खोपविरूद्ध मेयर पराजुलीलाई पार्टीभित्रबाटै सोसल मिडिया, टेलिभिजन च्यानल र संचारमाध्यमहरूमा प्रतिक्रिया दिँदा पार्टीको छविलाई धुल्मुलाउने काम भएकोले त्यस्ता नेता तथा कार्यकर्तालाई अविलम्ब पार्टी नेतृत्वले अनुशासनको कारवाही गर्न सुझाव दिए ।
विराटनगर–५ मा लगाइएको खोप कार्यक्रममा आफ्नो संलग्नता देखिए नेतृत्वलाई अनुशासनको कारवाही गर्न पराजुलीले सुझाव दिए । नेपाली कांग्रेसको वडादेखि राष्ट्रिय महाधिवेशन नजिक आइरहेको बेला पार्टी भित्र देखिएको नेता तथा कार्यकर्ताहरूको असन्तुष्टिलाई समाधान गरेर संगठित रूपमा एक ढिक्का भएर अगाडि बढ्न जिल्ला नेतृत्वले छलफल गरेको हो ।
खोप कार्यक्रमविरुद्ध महानगर सभापतिका आकांक्षी दीपक चापागाईंलगायतले फेसबुक लाइभ गरेका थिए ।
कांग्रेसको विराटनगर सभापतिका लागि मेयर पराजुलीले अरूण न्यौपानेलाई समर्थन गरेपछि सभापतिका अन्य आकांक्षी असन्तुष्ट छ । पराजुली पार्टीभित्र शक्तिशाली रहुञ्जेलसम्म सभापतिमा आफ्नो पालो नआउने भन्दै असन्तुष्ट खेमा संगठित रूपमा पराजुलीको विरूद्ध जुटेको छन् ।
कांग्रेस मोरङ सभापति लिम्बूले बैठकमा सहभागि नेता तथा कार्यकर्ताहरूलाई पार्टीको तर्फबाट विभिन्न स्थानिय तहमा मेयर उपमेयरको भूमिकामा काम गरिरहेका व्यक्तिले गरेको गलत कार्यका विरूद्ध पार्टीमा उजुरी गर्न सुझाव दिए । पार्टीको अनुशासन समितिले छानविन पछि गलत कार्य गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने बैठकले सुझाव दिएको छ ।
सभापति लिम्बुले पार्टीको आसन्न महाधिवेशन नजिक आइरहेको बेला पार्टी भित्रका कार्यकर्तामा देखिएको असन्तुष्टिलाई समाधान गरेर एक ढिक्का बनाएर अगाडि बढ्ने गरी छलफल गरिएको जानकारी गराए । मेयर पराजुलीका विरूद्ध गलत प्रचारप्रसार गर्ने चापागाईं नेतृत्वको समूहलाई पनि अब आइन्दा पार्टीभित्रका कार्यकर्ताका विरोधमा गलत प्रचारप्रसार नगर्ने गरी दुवै पक्षलाई एकिकृत पार्दै मिलाउने प्रयास थालिएको बताए ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।