बुधबार, साउन २०, २०७८ || 771  पटक पढिएको

विराटनगर महानगरपालिकामा रिपोर्टिङका लागि गएको थिएँ । त्यहाँ कार्यरत एक कर्मचारीले रूखो व्यवहार देखाए जनप्रतिनिधिप्रति । उनले भने, ‘८ महिने जनप्रतिनिधिहरूले हैरान बनाइसके ।’

८ महिने जनप्रतिनिधिले के हैरान बनाएर खुलेर कर्मचारी महोदयले केही बताएनन् तर, उनको हाउभाउ हेर्दा लाग्थ्यो जनप्रतिनिधिले धेरै तनाव दिएका छन् । उनीहरूबाट कर्मचारी मुक्ति चाहन्छन् । हो, जनप्रतिनिधिहरूो कार्यकाल सकिन ८ महिना बाँकी छ । कार्यकाल सकिनै लागेको बेला उनीहरू कामको बोझ बढाउन थालेका छन् । हुने काममात्र होइन नहुने काम पनि गराउन दवाव दिन्छन् रे !
एकप्रकारको डर त छ कर्मचारीमा । नमानु भने कसोरी नमान्ने ? पूर्ण बहुमत जो छ । केन्द्रमा सरकार उनीहरूकै छ ।

जनप्रतिनिधिहरूको सक्रियता यस्तै भएको भए ४ बर्षमा धेरै काम हुने थिए । तर, उनीहरू निस्क्रिय देखिए । अहिले ८ महिने जनप्रतिनिधि भनेर कुनै असल कामबाट पन्छनु पनि जायज होइन । जनप्रतिनिधिको कार्यकाल ८ महिना होइन ८ दिन, ८ घण्टा नै बाँकी भएको अवस्था पनि कर्मचारीले सही कुरालाई मान्नुपर्छ र, नगरबासीको पक्षमा काम गर्नुपर्छ ।

जनप्रतिनिधिहरू चुकेको पक्कै हो । तर, कर्मचारी पनि चुकेकै हो । कर्मचारीले पनि सही तरिकाले जनप्रतिनिधिहरूलाई अगाडि बढाउन सकेनन् । कतिपय त आउँदो निर्वाचनमा जनप्रतिनिधि भएरै आउने पक्का छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!