तस्बिर -मिडिया डवली

एमसीसीबारे अहिले सर्वत्र चासो छ, चर्चा छ । एमसीसी सम्झौता भयो भने नेपाललाई अमेरिकाले नियन्त्रण गर्छ, सेना आउँछ, उसका फौजले यो देश चलाउँछ भन्ने नानाथरीका प्रतिक्रिया आएका छन् । त्यसैले पनि बुझ्नेले पनि विरोध गरेका छन् नबुझ्नेले पनि विरोध गरेका छन् ।
एमसीसीमा के–के प्रावधान छ थाहा छैन तर, एउटा प्रावधान राख्यो भने कोही केही बोल्ने छैनन् । अमेरिका जानका लागि नेपालीलाई भीसा नलाग्ने प्रावधान राख्ने हो भने एमसीसी पास गरौ भनेर देशव्यापी रूपमा सडकमा सकारात्मक प्रदर्शन हुनेछ ।

किनभने नेपालीहरू चिठ्ठा प्राप्त गरेर अमेरिका पुगेका छन् । अमेरिका जान भनेपछि मरिहत्ते गर्छन जोकोही नेपाली अमेरिकी साम्राज्यवाद भनदै विरोध गर्नेहरू डीभी परेपछि नेपालप्रतिको माया विर्सन्छन् र, अमेरिका सुटुक्क जान्छन् ।

अमेरिकामा केटो छ भने यहाँको डाक्टर, इन्जिनियर, सरकारी अफिसरको कुनै मोल हुँदैन । आँखा चिम्लिएर अमेरिका जान्छन् । अमेरिकाले हिजो नेपालको घरघरमा पुगेर दूध बिक्री गर्नेलाई स्वागत गरेको छ । आफ्नै विरोध गर्नेलाई पनि स्वागत गरेको छ ।
एमसीसी पास गर्दा प्रतिनिधिसभाले अमेरिका जान आउन निर्वाध अवसर प्राप्त हुने एकमात्र बुँदा राख्ने हो भने कोही केही बोल्दैन ।
नेपालीका लागि अमेरिका स्वर्ग हो र, यो ठाउँमा पुगेपछि पैसा फल्छ भन्ने छ । पढ्न जाने अनि उतै भासिने ठाउँ हो अमेरिका । डीभी परेपछि आफुलाई नेपाली नै नभन्ने, आफन्त, नातागोतालाई विर्सने गर्छन् । यो एमसीसीले धेरै स्वार्थहरूको अन्त्य गर्नेछ ।
एक त नेपालीलाई हरेक बर्ष ५÷७ हजारका दरले अमेरिकाले आफ्नो देश लगिरहेको छ । यही हिसावले लग्ने हो भने यो देश रित्तो नै हुन्छ । अमेरिका भनेपछि चार हात उफ्रने नेपालीको कमी छैन । अमेरिका ज्यादातर नेपालीको सपना हो । थाहा छैन अमेरिकामा के छ ? अमेरिका भन्ने वित्तिकै एकप्रकारको अलग्गै स्फुर्ति आउँछ आम नेपालीमा ।

गर्व छ हामीलाई हाम्रा छोराबुहारी, छोरी ज्वाइँहरू अमेरिकामा छन् । त्यहाँ पैसो फल्छ रे ! थाहा छैन । पैसो कसोरी फल्छ तर, अमेरिकाको कुनै कुनामा हराउने नेपालीको कमी छैन । त्यहाँको दुःखदायी जीवनको अलग्गै कथा हुनसक्छ । तर, हामी फुरूङ्ग छौ अमेरिकादेखि ।
एमसीसी पारित गर्ने क्रममा निर्वाध जान आउन पाउने प्रावधान मात्र राखियो भने नेपालको राष्ट्रियता स्खलित हुनेछ । सकस परेको छ अहिले एमसीसी पारित गराउन । सायद यो प्रावधान समावेश गरियो भने कसैले विरोध गर्ने छैन । हामीलाई नेपालको राष्ट्रियता होइन अमेरिका चाहिएको छ । अमेरिकाको सुख भोग्ने हतारो सबैमा छ । अनि कसले विरोध गर्छ ?

एमसीसी भनेको हरेक नेपाली अमेरिका जान पाउने अवसर हो भन्ने व्याख्या हुनासाथ कोही केही बोल्ने छैनन् ।
तर, यो काम किन सरकार गर्न सक्दैन ? खोप दिन सक्दैन, रोजगारी दिन सक्दैन, विकास दिन सक्दैन, आफुमात्र खाने हो भन्ने संस्कार विकास भएको छ । निश्चयनै सबै अमेरिका नभासिएलान तर, ज्यादातर नेपालीको मुहारमा खुसी छाउने छ । किनभने सरकारले धेरै महत्वपूर्ण काम ग¥यो, आम नेपालीलाई अमेरिका जाने अवसर दियो । नेपाल त आउँदै जाँदै गरौला न !
हरेक नेपालीले अमेरिका हेर्न पाउने छन् । अमेरिका बुझ्न पाउने छन् । अमेरिकाको फौज यहाँ आओस् अनि हामी नेपाली अमेरिका जाऔं । यो सम्झौता गर्दा को बेवकुफ ठहरिने छ त ? पक्कै पनि अमेरिका । आखिर नेपाल र नेपाली भनेर माला मात्र कहिलेसम्म जप्ने ? माला जपेर के नै पाएका छन् नेपालीले ?

आउनुहोस् एमसीसी पास गराउन व्यापक जनदवाव सिर्जना गरौै । आम नेपाली अमेरिकी हुने यो भन्दा महत्वपूर्ण अवसर केही हुने छैन । थाहा छैन यो प्रस्तावपछि अमेरिकाले एमसीसीलाई पारित गराउनु भनेर कुनै पनि प्रकारको दवाव दिने छैन । मलाई त यस्तो लाग्यो, थाहा छैन तपाईंलाई कस्तो लाग्यो । मलाई लाग्छ यो महत्वपूर्ण अवसर हो अमेरिकालाई तल पार्ने ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!