मूलधारको राजनीतिमा आएको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भ्रष्टाचारी र बलात्कारी नेताको नाइके भएको संज्ञा दिएका छन् ।
यादव भ्रष्टाचारी र बलात्कारी नेताको नाइके भएको र उनीहरूको संरक्षण गरेको उनको आरोप छ । उनले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको बताउँदै त्यसलाई समाप्त पार्ने बताए ।
मंगलबार वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै राउतले भने, ‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ ।त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’
समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ । मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै राउतले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!