आफ्नी प्रेमिकालाई फेसबुकमा गुडबाई लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हाम फालेका छन् । १० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गर्ने तयारी गरेपछि ती युवकले चतरास्थित सप्तकोशीको पुलबाट हाम फालेको बताईएको छ । तर उनको प्रेम सम्बन्धको बिषयमा पुष्टि हुने आधार भने फेला परेको छैन् ।
सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलबाट हाम फालेर बेपत्ता भएका इटहरीका राजेश बानियाँले मंगलबार साँझ करिब ४ बजेतर्फ पुलबाट कोशीमा हाम फालेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार उनी बिहान देखि नै बाइकमा ओहोर दोहोर गरिरहेका थिए । कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखेका थिए । उनको फेसबुक स्टाट्समा लेखिएको थियो । ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।“
कोशी पुल माथि आँफूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाले फालेको स्थानीयले बताए । हाम फाले लगत्तै सशस्त्र प्रहरी चतरा ,इलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बेपत्ता उनको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!