हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 753  पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारको दोस्रो दिन सोमबार झिनो अंकको बृद्धि भएको छ । सोमवार नेप्से ४.६ अंकले बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ ।

सोमवार कोरोबार रकममा गिरावट आएको छ । सोमवार १० अर्ब ९८ करोड ३६ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । सोमवार कारोबार भएका समूहमध्ये आठ समूहबाहेक अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार सोमवार कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा गुराँस लघुवित्त वित्तिय संस्था, घलेम्दी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् । सोमवार नेपाल हाइड्रो डेभलपर्श र युनाइटेड इदीमर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । कारोबारको आधारमा सोमवार सबैभन्दा बढी अरूण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको ३७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!