के यो जायज हो ?
एमसीसी खारेज हुनुपर्छ भन्दै विराटनगरमा जुलुस निस्कियो । जुलसमा सहभागि एक महिला जो परिचित थिइन उनीसित कुरा गरियो । एमसीसी भनेको के हो ? यो किन खारेज हुनुपर्छ ? एमसीसीबारे के बुझेर यो जुलसमा आउनु भयो ? प्रश्न गर्दा उनीसित पटक्कै जवाफ थिएन ।
अनि किन जुलुसमा आउनुभएको ? साथीले भनेकाले जाऔं न त भनेर पुगेको रे । योबाहेक अरू कुनै कारण छैन । एमसीसी भनेको उनलाई यति चाही थाहा छ, ज्ञान पाएर होइन थाहा पाएको । यो अमेरिकासित हुने सम्झौता रे उनका शब्दमा ।
प्रावधानबारे असहमति हुनसक्छ तर, कानले काग लग्यो भन्दैमा कानै नसमातिकन दगुर्ने हामी नेपालीको संस्कार कहिले जाला ?