नजाने गाउँको बाटै नसोध्नु क्या !

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 908  पटक पढिएको

देशकै जेठो निजी क्षेत्रको संस्था मोरङ व्यापार संघको साधारणसभा विषयलाई लिएर एक पूर्व पदाधिकारीले प्वाक्क गलत कुरा बोल्दिए ।

साधारणसभामा उत्साह देखेनन् रे उनले । होइन साधारणमा के उत्साह हुनुपर्ने हो ? साधारणसभा हुँदैछ भनेर मोरङका ठाउँ ठाउँमा गेट बनाउनुपर्ने हो ? स्वागतद्वार बनाएर कागती बिक्री गर्ने बेपारीलाई समेत सूचना दिने हो त ? साधारणसभा कसोरी गर्ने भनेर बृहद छलफल नै गर्नुपर्ने हो ?

साधारणसभा १७ गते हुने भनिएको थियो २६ गतेलाई स¥यो । कुनै पनि तिथि मिति सर्नु सामान्य हो । केही तयारीमा समस्या आए होलान् तर, आम रुपमा सबै बेपारी, उद्योगीको उत्साह नै छैन भन्ने ठेक्का लिएर उनले नबोलेको भए हुन्थ्यो ।
उनी आफै पनि अर्कै संस्थामा छन् । असन्तोष, हार खाएर बाहिर निस्किएका महोदयले यो संस्थाको बारेमा हित चिताउने कुरै भएन । उनीबाट सकारात्मक आशा गर्नु बेकार छ । सही कुरा भए भने पनि विपक्षी सरह नकारात्मक प्रतिक्रिया दिनु उनको धर्म हो । यस्तो पराजित मानसिकताको पछि लागेर हिड्नु पनि हुन्न र, यसलाई धेरै महत्व दिनु पनि बेकारको कुरा हो ।

तर, साधारणसभामा उत्साह छ वा छैन, अहिलेको कार्यसमितिले के काम ग¥यो, गरेन त्यो त साधारणसभाले भन्ने कुरा हो । साधारणसभाले प्रतिक्रिया जनाउने छ । हामी नेपाली आवश्यकताभन्दा बढी भविष्यवाणी गर्न थालेका छौं । गलत अनुमान लगाउन थालेका छौं ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!