हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 1024  पटक पढिएको

विराटनगर। नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो ।

मोरङका लघु, घरेलु तथा साना उद्यमीहरुलाई उद्योग खोल्न, दर्ता, नवीकरण र बजार तथा प्रविधि परामर्श सेवा उपलब्ध गराउन महासंघले न्यून शुल्क लिएर सेवा दिने गरि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

त्यस्तै सञ्चालनमा रहेका वा नरहेका उद्योगहरुको स्थिती र तथ्यांक अध्यावधिक गर्न, उद्योग सञ्चालनमा आइपर्ने समस्याहरुको समाधानमा उद्यमीहरुलाई सहयोग गर्न, उद्योगहरुको तथ्यांकको आधारमा सरकारलाई नीति निर्माणमा सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
महासंघकै आग्रहमा प्रदेश १ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालयलाई हेल्प डेस्क सञ्चालनका लागि सहजिकरण गरिदिन निर्देशन दिएको थियो ।

हेल्प डेस्क घरेलु तथा साना उद्योग कार्यालयको सहयोगि समेत बनेको अध्यक्ष निरौलाले बताए । ‘सवै उद्यमीको सहजताका लागि हेल्प डेस्क स्थापना गरेका छौँ ।’ उनले भने,‘हेल्प डेस्कले दुई जना कर्मचारी बराबरको काम समेत गर्न सक्ने भएकाले उद्योग कार्यालयको सहयोगी पनि बन्ने छ ।’

अध्यक्ष निरौलाले आफ्नै देशमा केही गरौँ उद्देश्य राखेका मोरङ जिल्लाभरीका कृषि, पर्यटन, उत्पादन र सेवामुलक लगायत सवैखाले उद्यमीहरुलाई हेल्प डेस्कको सहयोग रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!