हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 593  पटक पढिएको

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका अध्यक्ष भीम घिमिरेले कोभीड–१९ को खोप उपलव्ध गराउन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा पत्र लेखेर पठाएका छन् । उनले प्रमुख जिल्ला अधिकारीमार्फत यस्तो पत्र पठाएका हुन् ।

उनले संघीय सरकारको उद्योग मन्त्रालय, प्रदेश नम्बर १ का मुख्यमन्त्री र सोही प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास मन्त्रालयलगायतलाई बोदार्थ पत्र पठाएको जानकारी दिएका छन् । पत्रमा उनले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण उत्पन्न विषम परिस्थितिमा लगातारको बन्दले उद्योगी व्यवसायीहरु बंैकको ब्याज, घरभाडा, कर, राजश्व, कर्मचारीको तलव आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यवसायीहरु मर्कामा परेको पत्रमा भनेका छन् ।

उद्योगी व्यवसायीहरुले कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले निर्देशन गरेका स्वास्थ्य मापदण्डको पालना गर्दा गर्दै पनि सरकारको निर्देशनअनुसार अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सेवा प्रवाह गर्नुपर्ने बाध्यताको कारणले गर्दा तुलनात्मक र वास्तविकरुपमा अग्रपंक्तिमा खटिने उद्योग व्यवसायको क्षेत्रनै भएको हुँदा यस प्रदेश नं १ का खासगरी मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा औद्योगिक क्षेत्रका धेरै उद्योगी व्यवसायी र उद्योग प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीले ज्यान समेत गुमाउन पुगेको छन्, पत्रमा भनिएको छ । ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको असर कति समयसम्म रहने भन्ने अन्योलता कायमै रहेको र एकपछि अर्को नयाँ नयाँ भेरियन्ट देखा परी रहँदा ब्यवसायी तथा कामदारहरु हतोत्साही हुने अवस्था आएको छ ।

उद्योगी व्यवसायीहरू राज्यको एउटा महत्वपूर्ण अङ्गभएका कारण उद्योग व्यवसाय संचालनसंगै खोप पनि लगाउन पाउन आवश्यक देखिन्छ । कोरोना संक्रमणको अवस्था लामो समयसम्म रहन गएमा र उद्योगी व्यवसायीहरुमा संक्रमणको त्रास रहिरहेमा राज्यको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र नै प्रभावित हुन गैराजश्व संकलन एवम् आर्थिक गतिविधिहरुमा समेत प्रभाव पर्ने निश्चितै छ ।

संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व नै हो । नेपाल सरकार तथा राज्य संयन्त्रमा पहुँच भएका सम्वन्धित सबैमा आफ्ना राजनैतिक, सामाजिक अनुभव र कूटनितिक सम्वन्ध तथा संयन्त्रहरुलाई उपयोग गर्दै छिटोभन्दा छिटो आमजनतालाई र विशेष गरी अग्रपंतिमा रही सेवाप्रवाह गरिरहेका र गर्नुपर्ने उद्योगी व्यवसायी र कार्यरत कामदारहरुलाई कोरोना संक्रमणबाट बच्न यथासक्य खोपको सुनिश्चितता गर्न अनुरोध गर्न चाहान्छौं पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा विगतमा कोभीड–१९ को नियन्त्रण तथा रोकथामा विभिन्न उपकरण खरिद गर्न उद्योगी व्यवसायीहरूले सकेको सहयोग गरेको स्मरण समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!