हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 613  पटक पढिएको

उद्योग संगठन मोरङ महिला उद्यम समितिको अयोजनामा उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा,कर्जा प्राप्तीका सहजिकरण, कर्जा प्राप्तीमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमशिलतासम्वन्धी अन्र्तरक्रिया भएको छ ।

संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीद्धारा संचालित उद्योगको विकास एवं विस्तारका लागि वैंक तथा वित्तीय संस्थाहरुले सहुलियपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गनु पर्ने बताए । वैंक तथा वित्तीय संस्थाको प्रक्रियागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशिलताको संख्यामा बढोक्तरी नभइरहेको औल्याउदै महिलाहरुको कर्जामा सहज पहुच स्थापनागर्न कर्जा प्रवाहको प्रकृयालाई सरलीकृत वनाउदै लैजानु पर्ने सुझाव दिए ।

महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओलीले राज्यले महिलाहरुको उत्थानका लागि वित्तिय सेवा सुविधाहरु प्रदान गर्दै आएको बताउँदै त्यस्ता सुविधाहरु उपभोग गर्न महिला जागरुकताको आवश्यकता औल्याइन् । उनले महिलाहरुको सिर्जनशिलतालाई उद्यमशिलतामा परिवर्तन गरी आत्मनिर्भरतर्फ अग्रसर हुँदै आर्थिक विकासमा योगदान पु¥याउनु पर्ने विचार व्यक्त गरिन् ।

कार्यक्रममा वैंक तथा वित्तिय क्षेत्रमा महिला उद्यमीहरुका लागि उद्यमशिलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका समवन्धमा नविल वैंक लिमिटेड विराटनगरका शाखा प्रवन्धक गुरु रेग्मीले बताएका थिए ।
महिला उद्यम समितिको सहसंयोजक जयश्री जाजूले महिला सशक्तीकरणका लागि महिलालाई उद्यमशिलतातर्फ अभिप्रेरित गर्दे आत्मनिर्भर वनाउनुपर्नेमा जोड दिइन् । अन्तरक्रिया कार्यक्रममा महिला उद्यम समितिको सदस्य र महिला उद्यमीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!