हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 531  पटक पढिएको

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ०७७÷०७८ मा ९ उद्योगलाई कारवाही गरेको छ ।जसमध्ये ६ उद्योगलाई जिल्ला प्रशासन कार्यालय मोरङ र ३ उद्योगलाई जिल्ला अदालत मोरङमा मुद्दा दायर कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी गराए ।

कार्यालयले विमलेसकुमार साहको बालाजी डेरी उद्योग विराटनगर, पुनिता सिन्हाको शिवम् डेरी उद्योग, रमेशकुमार गोल्छाको विराट गोल्छा ध्यू प्याकेजिङ्ग उद्योग, सुजन थापाको एशियन फिड्स प्रालि, शंकरप्रसाद साहको शंकर किराना, नितु अग्रवालको कपिश इन्टरप्राइजेज, अरविन्द स्वर्णकारको सगुन पाउरोटी, जय माँ भगवती कन्फेक्सनरी उद्योग र अमूल्य फिड प्रा लिले खाद्य ऐन विपरित उत्पादन गरेको अभियोगमा मुद्दा दायर गरिएको बताएको छ ।

कार्यालयले ११६ वटा खाद्य तथा दाना उद्योगको नमूना परीक्षण गरेको छ भने १२ वटा प्रतिकुल खाद्य दाना नमूना संकलन जसमध्ये ९ मुद्दा दायर गरिएको छ । कार्यालयले १६५ खाद्य उद्योगको अनुगमन तथा निरीक्षण गरेको छ । ६० होटल तथा मिठाई पसलको निरीक्षण गरिएको कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!