शुक्रबार, साउन १५, २०७८ || 726  पटक पढिएको

विराटनगर–५ को खोप विवादमा तपाईं मुछिनु भयो, हैन के भएको हो ?
म त्यहाँ गएकै छैन । म त्यो ठाउँमा सहभागि नै छैन, कसरी मेरो नाम आयो त ? यो म विरूद्धको सुनोजित षडयन्त्र र हल्ला मात्रै हो । जुन घटनामा मेरो नाम मुछेर प्रचारबाजी भइरहेको छ त्यसको मलाई जानकारी समेत छैन । यदि म गएको पुष्टि कतैबाट हुन्छ भने राजनीतिक विश्राम लिन तयार छु ।

तपाई त्यहाँ हुनुहुन्नथ्यो भने तपाईंको नाम कसरी आयो त ?
यहाँ त ट्रेण्ड नै बनेको छ, कतै कुनै कुरा, विवाद, व्यवधान आयो की मेरो नाम मुछिदिइ हाल्ने । १९ सै वडा र थप केन्द्रहरूमा खोप कार्यक्रम संचालन भइरहेको छ भने मैले खोप जथाभावी बाड्दै हिँड्नु पर्ने कुनै जरूरी नै छैन । सबै कुरामा मेयर संलग्न हुँदैन । यो कुरा बुभ्mन जरूरी छ । पहिले सीटी सेनेमामा पनि यस्तै विवाद झिकियो तर, पछि पुष्टि नभएपछि सबै चुप लागे ।

तपाईंको नाम मुछिनु सुनियोजित हो र ?
मेरा पार्टी भित्रकै कतिपय साथीलाई मदेखि रीस, इष्र्या र डाह छ । केहि साथीहरूको ध्येय मलाई बदनाम मात्र गराउनु रहेको छ । मेरो नाम बद्नाम गराएर आसन्न महाधिवेसन भाड्ने र विथोल्ने दाउमा छन् । महाधिवेसनमा मेरो भूमिका कमजोर गराउन म विरूद्ध चाहिँदो नचाहिँदो तल्लो स्तरको प्रचारमा ओर्लिएका छन् ।
उनीहरू मेरो प्रगति चाहँदैनन् । समय–समयमा बेतुकको हल्ला फिजाएर मैले मेयरका रूपमा हासिल गरेको लोकप्रियतालाई धुमिल गर्न चाहन्छन् । भीम आज मेयर भयो, भोली सांसद होला, मन्त्री होला भनेर हदैसम्मको रीस गर्ने पार्टीभित्रकै केहि व्यक्तिहरूले फिँजाएको हल्ला मात्र हो । सिटी सेनेमाको खोप प्रकरणमा पनि मेरो नाम खुबै उछालियो । तर त्यसमा त मेरो कुनै भूमिका नभएको स्पष्ट भयो नि ।
त्यसमा प्रदेश सरकार संलग्न भएको थियो भन्ने प्रष्ट भयो । खोपका लागि विराटनगर महानगरपालिका मात्रै सक्रिय छैन । यहाँ संघीय र प्रदेश सरकार उत्तिकै सक्रिय छन् । तिनीहरूले पनि खोप लगाएका छन् । चारैतिर खोपका लागि म मात्रै पुगिरहेको छु र कुदिरहेको छु भन्ने पनि त छैन । सबै कुरामा मेयर संलग्न हुँदैन भन्ने बुभ्mनु जरूरी छ ।

को छन् त तपाईंको पछाडि लाग्नेहरू ?
मेरै पार्टीभित्रका केहि साथीहरूलाई मैले गरेको काम मन परिरहेको छैन । नाम म अहिले लिन चाहन्न । तिनीहरूको जुनसुकै कार्य म विरूद्ध मात्र लक्षित हुने गरेको छ । मैले विराटनगरका लागि धेरै महत्वपूर्ण काम इमान्दारिताका साथ गर्दै आइरहेको छु । कोरोना कहरमा आफैलाई जोखिममा पारेर मैले घरघर अक्सिजन पु¥याएको छु, कोरोनाले सिकिस्त भएकाहरूलाई अस्पताल पु¥याउने काम गरेको छु । कोरोना कहरमा नगरवासीले कुनै प्रकारको दुःख नपाउन् र उपचारबाट विमुख हुन नपरोस भनेर चिकित्सकसहितको टोली लिएर घरघर पुगेको छु । मैले नगरवासीको हितका लागि कोरोनाको जोखिममा पनि अहोरात्र दत्तचित्त भएर काम गरि रहेको छु । यो सबैले देख्नु नै भएको छ ।

आरोप त त्यसै आएन होला नि ?
मेरो विरूद्ध भएकोे षडयन्त्रको चीरफार गर्न मैले विज्ञप्ती निकालेको छु । मलाई डाह गर्ने, मलाई खुइल्याउन खोज्ने र भोली म पुनः मेयर, सांसद वा मन्त्री भएको हेर्न नचाहनेहरूको प्रवृत्तिको उपज हो । मैले राजनीतिलाई पेशा नबनाई शुद्ध समाजसेवाको रूपमा एक इमान्दार जनप्रतिनिधि भएर जनताको सेवा गरिरहेको छु । म सहि छु की गलत यो जनताले मूल्याङ्कन गर्नु हुने छ । जस्तोसुकै बाधा र व्यवधान र लाञ्छना आइपरेपनि म नगरवासीको हित र समृद्ध विराटनगरका लागि कटिवद्ध छु ।

यो संवाद आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!