मंगलबार, माघ २८, २०७६ || 737  पटक पढिएको

क्रेडिट रेटिङ कम्पनी इक्वीफ्याक्समाथि भएको साइबर आक्रमणमा अमेरिकाले चार जना चिनियाँ सैनिक अधिकारीमाथि मुद्दा दायर गरेको छ । सन् २०१७ मा भएको उक्त साइबर हमलामा १ करोड ४७ लाख अमेरिकी नागरिक प्रभावित भएका थिए । ह्याकरहरुले उनीहरुको नाम र ठेगानासहित गोप्य व्यक्तिगत तथ्याङ्कहरु चोरेका थिए । त्यस्तै, बेलयात र क्यानाडाका केही प्रयोगकर्ता पनि यसबाट प्रभावित भएका थिए ।
मुद्दाबारे जानकारी दिँदै महान्यायाधिवक्ता विलियम बारले उक्त घटनालाई अमेरिकी इतिहासमा भएको ठूलो डाटा चोरीको संज्ञा दिए । अदालतमा प्रस्तुत भएको दस्तावेज अनुसार आरोपित चार चिनियाँ सैनिक अधिकारी जनमुक्ति सेनाको ५४ औँ रिसर्च इन्सिटच्युटका सदस्य हुन् । उनीहरुले कम्पनीको सिस्सटममा हप्तौँ बिताएर त्यहाँको सेक्युरिटी नेटवर्कलाई तोड्दै व्यक्तिगत डाटा चोरी गरेको आरोप छ । उनीहरुमाथि व्यापारसम्बन्धी गोप्य दस्तावेज पनि चोरी गरेको आरोप छ । ह्याकरहरुले सन् २०१७ को मेदेखि जुलाईसम्म इक्वीफ्याक्सको डाटा चोरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!