मंगलबार, माघ २८, २०७६ || 1013  पटक पढिएको

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ । सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्याल सवार प्रदेश नं.३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बस्यालको पार्थिव शरीरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले उनकै निवास माडीमा पुगेर पार्टीको झण्डा ओढाएका थिए । २०४७ सालमा तत्कालिन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका बस्याल २०४८ सालमा सोही संगठनको केन्द्रीय सदस्यसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!