बुधबार, साउन १३, २०७८ || 825  पटक पढिएको

कोभीड–१९ विरूद्ध खोप लगाएसँगै कोरोना भाइरस संक्रमण बढ्ने डर भएको छ । सोमवार कोशी अस्पताल खोप केन्द्र र वीरेन्द्र सभागृह खोप केन्द्रमा मानिसको भीडले कोरोना भाइरस सार्ने डर बढेको छ । सो दिन सरकारले ५५ वर्षभन्दा माथि उमेर समूह र अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरूका लागि खोप लगाउने व्यवस्था गरेको थियो । तर त्यहाँ माथि भनिएजस्तो मापदण्ड नभएका व्यक्तिहरू पनि खोप लगाउन पुग्दा भीड बढेको थियो । त्यस्तै सबै कर्मचारीले उचित ढंगले मास्क लगाएका थिएनन् ।

भीड बढेपछि कोशी अस्पताल खोप केन्द्रका कर्मचारी खोप लगाउन छाडेर कार्यस्थलबाट हिंडेका थिए । उनीहरू हिंडेका कारण लामो समयदेखि लाइनमा बसेका विशेष गरेर ज्येष्ठ नागरिक र अन्य व्यक्तिहरू निराश भएर घर फर्किएका थिए । यसो हुनुको अर्को कारण कर्मचारीहरूले मापदण्डबाहिर रहेर आफन्तलाई खोप लगाउन थालेपछि कोशी अस्पताल खोप केन्द्रमा सर्वसाधारणबाट विरोध भएको थियो । वादविवादपछि कर्मचारीहरू आफूअनुकूल काम हुने नदेखेर कार्यस्थल छाडेर हिंडेको पीडित सेवाग्राहीहरूको गुनासो रह्यो ।

खोप लगाउने कार्यमा विधि, पद्धिति र मापदण्डको कडाइका साथ पालना नगर्दा समस्या सिर्जना भएको हो । सर्वप्रथम त खोप लगाउन खटिएका कर्मचारीहरू इमानदार र अनुशासित हुनु पर्दछ । यदि भीड बढ्न लाग्यो भने त्यसलाई व्यवस्थापन गर्ने उपायहरूको अबलम्बन गर्नु पर्दछ । त्यसका लागि प्रहरी प्रशासनको सहयोग लिन बिर्सनु हुँदैन । खोप केन्द्र फराकिलो र धेरै ठाउँमा विभाजन गर्ने हो भने भीड बढ्ने सम्भावना न्यून हुन्छ ।

खोप केन्द्रमा यस्ता उपायहरू नअपनाउनु भनेको कर्मचारीहरूले नै खोप लगाउन गडबढ गर्ने मनसाय राखेको सजिलै अनुमान गर्न सकिन्छ । यसअघि पनि खोप नलाईको होइन । विगतको अनुभवबाट पनि पाठ सिकेर खोप केन्द्रहरूलाई व्यविस्थित गर्नुको साटो खोप केन्द्र छाडेर हिंड्नु कर्मचारीको गैरजिम्मेवार कार्य हो । यस्तो कार्यबाट कर्मचारीतन्त्र कि चुस्तदुरूस्त हुन चाहँदै कि त उनीहरू क्षमताविहीन छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

मंगवारदेखि तीन दिनसम्म वडा तहमा सर्वसाधारण खोप लगाउने कार्य गरिएको छ । ती खोप केन्द्रहरू पनि व्यवस्थित रहेका छैनन् । ती खोप केन्द्रहरूलाई व्यवस्थित नगर्ने हो भने कोशी अस्पताल र वीरेन्द्र सभागृहजस्तै भद्रगो हुनेछ । जुन भद्रगोलले खोप लगाउन आउने उल्टै कोरोना भाइरसको संक्रमणमा पर्ने सम्भावना हुन्छ । किनकि खोप लगाउन आउने व्यक्तिले पीसीआर रिपोर्ट बोकेर आएका हुँदैनन् । त्यसैले खोप केन्द्रमा कोरोना संक्रमित व्यक्ति पनि खोप लगाउन आएका हुन सक्ने सम्भावना हुन्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!