हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 526  पटक पढिएको

नेपालमा गत आर्थिक बर्षमा ५० अर्ब मूल्य बराबरको चामल आयात गरिएको छ । यो तथ्यले चालू बर्षमा पनि चामलको आयात घट्ने सम्भावना देखिन्न । खासगरेर कोरोना महामारीको बेला राहत वितरण, खाद्यान्न उपलब्ध गराउने, भोजन वितरणका कयौं कार्यक्रमलाई हेर्ने हो भने चामलको आयात चालू आवमा पनि कम हुने लक्षण देखिएको छैन र, जानकारहरू ६० अर्बको आयात हुन सक्ने प्रक्षेपण गरिरहेका छन् ।

अढाई दशकअघि सम्म चामल निकासी गर्ने नेपालमा पछिल्ला केही बर्ष निरन्तर आयात बढेको छ र, भारतबाट चामल नल्याउने हो भने खाद्यान्न संकट नै हुने अवस्था देखिएको छ । गत बर्ष ४० देखि ४५ अर्ब मूल्य बराबरको चामल आयात भएको थियो ।

कृषि प्रधान र, प्रमुख नगदे बालीका रूपमा धानलाई लिइने, हरेक बर्ष उत्पादन बढेको दावी सरकारी निकायबाट आए पनि आयातको अवस्था हेर्दा यो झुटो सावित भएको देखिन्छ । एक दशकयता हरेक बर्ष नै चामलको आयात निरन्तर बढिरहेको देखिन्छ । चामलसँगै हरियो सागसब्जीको आयात पनि बढेको छ ।

चामल आयात गर्दा नेपाललाई फाइदा भने छैन । उद्योगी महेश जाजुका अनुसार धानको साटो चामल आयात गर्दा धानचामल मिल बन्द भएको, भुस भारतबाटै खरिद गरेर उद्योग चलाउनु परेको, रोजगारी गुमेको र परनिर्भरता बढेको छ । यसबारे कयौंपटक निजी क्षेत्रले चामल होइन धान आयात गरौं भनेर अर्थ मन्त्रालयका अधिकारीहरूसित लबिङ गरे पनि कुनै सुनवाई भएको छैन ।

‘हामीले चामल होइन धान आयात गरौं, यसो गर्दा उद्योग चल्छन्, रोजगारी गुम्दैन, भुससमेत किनेर ल्याउनु पर्दैन भनेर बरोबर ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता गरिएको छैन’ उद्योगी जाजुले न्यू सृष्टि दैनिकलाई भने ।

बजारमा अहिले अधिकांश भारतीय आयातित चामलको भरमार छ । आकर्षक प्याकेज बनाएर चामल बिक्री गर्ने क्रम बढेको छ र, नेपालको भन्दा भारतको उत्पादनप्रति आम उपभोक्ता आकषिृत छन् । । भारतबाट आएका चामलको गुणस्तर परीक्षणसमेत भएको छैन । सरकारी तथ्यका आधारमा आएको ५० अर्बको चामलबाहेक खुल्ला सीमाबाट तस्करीमार्फत आउने चामलको गणना छैन । हरेक दिन नाका भएर भारतबाट चामल ल्याइने गरिन्छ ।

संसारमै सर्वाधिक चामल खपत हुने देशमा नेपालको नाम आउँछ । भारतमै पनि चामल भन्दा रोटीको प्रयोग बढी हुन्छ । नेपालका स्वास्थ्यकर्मीहरूले नेपालमा बढ्दै गएको ‘भाते खुवाई’ कम हुनुपर्नेमा जोड दिदैं आएका छन् । स्वास्थ्यकर्मी डा. अरुणा उप्रेतीले भाते संस्कृति बन्द गर्नुपर्ने धारणा आफ्ना लेख मार्फत बताउँदै आएकी छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!