सीमामा बस्ने सशस्त्र प्रहरी मालामाल

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 1006  पटक पढिएको

सीमान्त नाकामा तस्करी नियन्त्रणका लागि खटिटएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी मालामाल छन् । नेपाल प्रहरीले तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता बनाएर प्रचार गरेको बेला सशस्त्र प्रहरीलाई भने निकै फाइदा भएको छ ।

नेपाल प्रहरीले खाँदैन, हामीलाई त भोक लाग्छ भन्ने शैली सीमान्त नाकामा देखिन्छ । खुलेरै लेनदेनको काम भइरहेको छ । पछिल्लो ६ महिना पोष्टिङ भएका सशस्त्र प्रहरीको व्यवहार, शैली हेर्ने हो भने आकाश–जमिनको फरक पाइन्छ । गोजी गर्म भएपछि यस्तै हो भनेर पनि यसलाई व्याख्या गर्न थालिएको छ ।

सीमाको तस्करीमा संलग्न एक युवाका शब्दमा सशस्त्र प्रहरी इतिहासकै मालामाल अवस्था छ र, पैसा होइन रुपैयाँ कहाँ राख्ने, व्यवस्थापन गर्ने भन्ने चिन्ता मात्र छ । पकलीमा प्रादेशिक मुख्यालय भएकाले पनि त्यहाँबाट कुनै अनुगमन भएको छैन । सशस्त्र प्रहरीका डीआईजीलाई कुनै चासो नै छैन रानी नाकामा के भइरहेको छ ?
रानी नाकामा जे भइरहेको छ त्यसले पक्कै पनि सशस्त्र प्रहरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । ‘नाकाबाट हात्ति छिर्दा पनि सशस्त्र प्रहरीले नदेखेझैं गर्छ’ भनेर चिया पसलमा समेत चर्चा हुन्छ ।

सशस्त्र प्रहरी किन रुपैयाँका लागि मरिहत्ते गरेको होला ? आँखै अगाडि तस्करी हुँदा पनि किन मौन बसेको होला ? किन सशस्त्र प्रहरी तस्करी नियन्त्रण होइन तस्करीको सही नियमन गर्नेतर्फ लागेको छ ? लाजै पच्ने गरेर रुपैयाँमा यसरी लिप्त हुनु पनि राम्रो होइन क्यारे !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!